सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न १३ बडेरा स्थित धान्यान्चल महायज्ञ माध्यमिक विद्यालयमा रक्तअल्पता शिविरमा सम्पन्न भएको छ ।
धान्याचल महायज्ञ विद्यालयमा सामुदायिक विद्यालयमा किशोरीहरुको रक्तअल्पता परिक्षण अभियान कार्यक्रममा अन्तर्गत रक्तअल्पता,रक्तसमूह जाँच सम्बन्धि शिविर सम्पन्न भएको हो ।
जिल्ला स्वास्थ्य कार्यलय आयोजना र धान्यान्चल महायज्ञ माविको समन्वयमा गरीएको परिक्षण १० बर्ष माथि उमेरका कक्षा ६ देखि १२ सम्म पढ्ने १ सय ७५ जना किशोरीको परिक्षण गराएकोमा करिब ५५ जनामा किशोरी रक्तअल्पता देखिएको स्वास्थ्य कार्यलय जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलयले जिल्लाका सबै स्थानीय तहमा पहिलो चरण सात पालिकाका दुई-दुई सामुदायिक विद्यालय गरी १४ विद्यालयमा पढ्ने किशोरीहरुमा रक्तअल्पता परिक्षण गरीने स्वास्थ्य कार्यलयका ल्याब टेक्निसियन निरीक्षक नारायण भण्डारीले जानकारी दिए।
शिविर सञ्चालनले किशोरीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि टेवा पुग्ने भण्डारीले बताए ।
यसअधि सुनवल – ७ मा रहेकोे अरनिको माविमा १ सय १० जनाको परिक्षण गरीएको ५८ जना रक्तअल्पता देखिएको थियो । जिल्लाका सबै पालिकामा परिक्षण गर्दै जाने स्वास्थ्य कार्यलयले जनाएको छ ।