![](http://safalpost.com/wp-content/uploads/2023/12/Photo_1702296907215-scaled.jpg)
सुनवल । पश्चिम नवलपरासीको भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको सुरु भएको छ । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समितिका अध्यक्ष तपन कुमार केवटको अध्यक्षता एवँ लुम्बिनी प्रदेश सभाका सभामुख तुलाधर घर्तीमगर(बसन्त)को प्रमुख आतिथ्यतामा र प्रदेश सांसद खडग बस्नेतको विशिष्ट आतिथ्यतामा सुरु भएको हो ।प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख धर्तीले बुद्ध र सगरमाथाको देश भनेर मात्रै नभइ खेल क्षेत्रबाट खेलाडीको नाम राष्ट्रलाई चिनाउन मद्दत पुग्नेमा बिश्वास पुगे व्यक्त गरेका थिए । तेक्वान्दो खेल अगाडि बढाउन प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लुम्बिनी प्रदेशका ८ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरि २८५ बढी खेलाडीले नाम दर्ता गराएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजक समितिका अध्यक्ष तपन कुमार केवटले जानकारी दिए ।
तेक्वान्दो समिति नवलपरासीका जिल्ला अध्यक्ष धरेन्द्र अग्रहरिको स्वागत र प्रदिप अर्यालको संचालनमा भएको हो ।
उद्घाटन अधि आयोजना स्थलबाट प्रभातफेरि र्याली सहित भुमहीबजार परिक्रम गरि पुन:आयोजना स्थलमा पुगेको थियो ।
कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष चुरामणी पौडेल , सामाजिक बिकास डिभिजन कार्यलय रुपन्देहीका प्रमुख हरि बिष्ट , पुर्व अध्यक्ष यामलाल पाण्डे ,एमाले नेता डोलराज भण्डारी,राष्ट्रिय खेलकुद समिति सदस्य भिमलाल विश्वकर्मा ,जिल्ला खेलकुद बिकास समिति अध्यक्ष रितमान कामु मगर लगायतको उपस्थित रहेको थियो ।
पुम्से विधा तर्फको सबै खेल सकिएको र भोलि क्यारोगी तर्फको खेल बाकि रहेको आयोजकले जनाएको छ । जस अन्तर्गत १२ वर्ष मुनिको महिला तर्फ प्रथम गितान्जली सोमई ,दोश्रो अमिषा थापा,निलिमा दर्लामी र इस्तिला बिष्टले तेश्रो स्थान हासिल गरेका छ र सोहि उमेरको पुरुष तर्फ एलिन तरन प्रथम ,आयन थापा दोश्रो र तेश्रोमा सौरभ यादव र अनश यादव भएका छन । त्यसैगरी १४ वर्ष मुनिको पुरुष तर्फ सुप्रित पाण्डेय प्रथम, सायद परियार दोश्रो र सायम बिक र अंकित जलान्धरले तेश्रो स्थान हासिल गरेका छन र सोहि उमेरको महिला तर्फ प्रथम अनुष्का तामाङ , दोश्रोमा दिपिका कार्की र निसिका घर्ति मगर र अमृता बुढाथोकीले तेश्रो स्थान हासिल गरेका छन । त्यसैगरी १७ वर्ष मुनि एकल पुरुषतर्फ प्रथम नविन भण्डारी , दोश्रो रोहित गुप्ता र तेश्रो निर्जल गहतराज र प्रशान्त नेपालिले हासिल गरेका छन । १४ वर्ष मुनिको महिला तर्फ जेसिका गुरुङ प्रथम , निकिता बुढाथोकी दोश्रो र तेश्रो स्थानमा गरिमा थापा र अन्जनी चौधारीले हासिल गरेका छन् । १७ वर्ष माथि एकल पुरुष तर्फ सपन थापा प्रथम स्थान हासिल गरेका छन् भनें गोविन्द श्रेष्ट दोश्रो र सविन शाक्य र कुलदिप गुप्ताले तेश्रो स्थान हासिल गरेका छ । त्यसै गरि १७ वर्ष माथिको महिला तर्फ निरुता नेपाली प्रथम , विनिता चितौरे दोश्रो र सोर्यहना गुप्ता र अन्जना नेपालीले तेश्रो स्थान हासिल गरेका छन ।
त्यसैगरी पुम्सिको समूहगत खेलमा १२ वर्षमुनिको अलिन रतन र गितान्जलि सोमई प्रथम , भिम थारु र इस्तिला बिष्ट दोश्रो र मोहित धोवी , लिलावती गुप्ता र अरार अग्रहरी र हंबी अग्रहरीले तेश्रो स्थान हासिल गरेका छन । १४ वर्ष मुनिको समुहगत खेलमा सायद परियार र दिपिका कार्की प्रथम स्थान हासिल गरेका छन् भने जेनिश सुवेदी र अनिशा खनालले दोश्रो स्थान हासिल गरेका छन् । तेश्रो हुनेमा रितम अधिकारि खुसि यादव र आसिक मगर र निसिका घर्ति मगरले तेश्रो स्थान हासिल गरेका छन । १७ वर्ष मुनिको देवराज थापा र अन्जनी चौधरीले प्रथम स्थान हासिल गर्दा गरिमा बिक र सयम बिक दोश्रो र युबराज थापा र मनिषा चौधरीले तेश्रो स्थान हासिल गरेका छन त्यसै गरी १७ वर्ष माथिको खेलमा सपन थापा र अलिजा रोकाया प्रथम र प्रकाश खासु र निरुता नेपालिले दोश्रो स्थान हासिल गरेका छन । त्यसै गरि सोमबार सम्पन खेलका बिजेता खेलाडीलाई प्रदेश सासद खडग बस्नेत र सुनवल १२ का वडा अध्यक्ष चुरामणि पौडेलले संयुक्त प्रमाणपत्र र मेडल सहित वितरण गरेका समितिका उपाध्यक्ष बिष्णु पौडेलले जानकारी दिए।
कार्यक्रममा स्वागत गर्दै धरेंद्र अग्रहरिले खेल क्षेत्रलाई प्रथामिकता दिएर बजेट पार्नुपर्ने माग गरेका थिए ।
योंग गोर्खाली क्लब र रामनगर तेक्वान्दो एकेडेमी समन्यवमा प्रतियोगिता भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा संचालन भएको छ ।