ट्रेन्डीङ्ग

नेपाल संवत ११४४ आज देखि सुरु, सुनवलमा लाखे नाच सहित सास्कृतिक कार्यक्रम

सुनवल । नेपाल संवतको नयाँ बर्ष ११४४ आज देखि सुरु भएको छ । नेवार समुदायले आज तिहारको चौथो दिन न्हुँ दँया भिन्तुना अर्थात नयाँ बर्षको शुभकामना विहान र साँझ म्हपुजा पर्व हर्सउल्लासका साथ मनाउने गर्दछन ।

नेवार समुदायको वाहुल्यता रहेको काठमाडौं लगाएत देशका विभिन्न भुभागमा मनाइएको छ । यसै सन्दर्भमा पश्चिम नवलपरासीको सुनवलमा रहेको सुनवल नेवा गुठीले लाखे सहित विभिन्न सास्कृतिक कार्यक्रम गरी न्हुँ दँया भिन्तुना मनाएको छ । नेवा गुठि सुनवलको कार्यालयबाट औपचारीक रुपमा कार्यक्रम सुरु भएको थियो ।

नेवा गुठी सुनवलका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षता तथा जिल्ला कार्यसमिति संस्थापक अध्यक्ष काजिमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सुनवलको विभिन्न भाग परिक्रमा गर्दै सुनवल चौराहामा लाखे नाच सहित सास्कृति कार्यक्रमहरु गरि न्हुँ दँया भिन्तुना मनाएको हो।

कार्यक्रममा नेवा गुठी सुनवलका सल्लाहार घनश्याम श्रेष्ठ, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, नेवा मिसा दवु सुनवल कार्यसमिति लक्ष्मी श्रेष्ठ, नेवा गुठी सुनवलका लेखा संयोजक अशोक श्रेष्ठ, पुर्व कोषाध्यक्ष किशोर कर्माचर्या, पुर्व सचिबहरु दिपेश कर्मचार्य र सपना श्रेष्ठ लगाएत नेवा गुठी तथा सुनवल क्षेत्रमा रहेका नेवार समुदायहरुको सहभागिता रहेको कार्यक्रम संचालक विकास श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय विभुति शंखधर साख्वाद्धावार प्रर्वन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो। लिच्छविकालिन राजा राघदेवका समयमा काठमाडौ उपत्यकामा रहका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संबतलाई प्रचलनमा लाइएको मानिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?