परासी।पश्चिम नवलपरासीको पहिलो रेडियो सामुदायिक रेडियो परासी ९०।२ मेगाहर्जको १६ ओैं वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आजदेखि सुरु भएको छ। परासी सुचना तथा संचार सहकारी संस्था लिद्वारा संचालित रेडियो परासीले आज परासीमा एक समारोहको आयोजना गरी साधारण सभा सहित वार्षिकउत्सवका सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो।
सप्ताहव्यापी कार्यक्रमको पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मिडियाले जवाफदेही र विश्वसनीता कायम राखेर अघि बढ्नुपर्ने बताए । देशको वर्तमान संकटपूर्ण अवस्थामा मिडिया क्षेत्र पनि प्रभावित हुन पुगेको उल्लेख गर्दै पूर्वमन्त्री त्रिपाठीले चुनौतीलाई सामना गरेर अघि बढ्न र सञ्चारमाध्यमलाई सबैले सहयोग गर्न आग्रह गरेका थिए ।
देशको अर्थतन्त्रमा मन्दि छाएको बताउदै त्रिपाठीले यो अवस्था तत्काल नसुधारिने बताए ।यो अवस्था तत्काल सुधार गर्ने कुनै उपाय छैन् र सरकार पनि यस प्रति गम्भिर नभएको त्रिपाठीले बताए । नेतृत्वले बेलैमा हेक्का नराख्दा पुजिँ पलायनका कारण यसतो अवस्था सृजना भएको त्रिपाठीको भनाई छ । मुलुकको आर्थिक अवस्थाका कारण पनि संञ्चारमाध्यम अप्ठ्यारोमा परेको त्रिपाठीको भनाई छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले देशबाट युवाहरु निरन्तर पलायन भईरहेको बताउदै यसतो अवस्था रोक्न गम्भिर बन्नुपर्नेमा बस्नेतले जोड दिए । कार्यक्रममा पुर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले चौथो अंगको रुपमा संञ्चारमाध्यमले कलमको प्रयोग गरि परिर्वतनको धार सृजना गर्नुपर्ने बताए।
रेडियोका अध्यक्ष सुमनगोपाल अचार्यले जनतासंग प्रत्यक्ष जोडिने गरी विभिन्न कार्यक्रम लिएर आफुहरु गाँउ गाँउमा पुग्न लागेको बताउदै स्रोताको मायाले रेडियो यहाँ सम्म आईपुगेको बताए । सो क्रममा संस्कृति जर्गेनाको उदेश्यले विभिन्न भेषभुषमा आधारित सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको सचिव तोरेन्द्र जिसिले जानकारी दिए ।
वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटनको अवसरमा रेडियोलाई निरन्तर विज्ञापन दिने विज्ञापनदाता, सहकार्य गर्ने संघ संस्था, नियमित स्रोता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको वार्षिकउत्सवक समारोह समितिका संयोजक राजकुमार रेश्मिले जानकारी दिए ।सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज उद्घाटन गरिएको छ भने भोली कात्तिक १८ गते सरावलमा बालबालिका सम्बन्धी स्वस्थ्य शिविर, १९ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, २० गते बजार क्षेत्रमा सिमेन्टको कुर्सी राख्ने, २१ गते भूमहीमा जिल्लाका मिडिया सञ्चालकसँग अन्तरक्रिया गर्ने, २२ गते ट्राफिक सचेतना र २३ गते साधारसभाको बन्द शत्र तथा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ रेश्मिले जानकारी दिए ।
२०६५ कात्तिक १७ गते तत्कालिन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले रेडियो परासीको उद्घाटन गर्नुभएको थियो । रेडियोले सोही दिनलाई वार्षिकोत्सवको रुपमा मनाउँदै आएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिए ।