ट्रेन्डीङ्ग

श्रोत नखुलेको १६ लाख ५० हजार रकम सहित परासीबाट एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम-७ उजैनीबाट प्रहरीले श्रोत नखुलेको १६ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ।

पाल्हिनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षिय ईमरान खानसंग श्रोत नखुलेको रकम सहित पक्राउ गरेको पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए।

महेशपुरबाट सदरमुकाम परासीतर्फ आउदै गरेको मोटरसाईकललाई उजैनिँमा चेकजाँच गर्दा कालो रङको झोलामा श्रोत नखुलेको १ हजार दरका ७ सय थान र ५ सय दरका १९ सय थान गरी जम्मा रू.१६,५०,०००/-(सोह्र लाख पचास हजार)नेपाली रुपैंया रकम र मोटरसाइकल सहित नियन्त्रणमा लिएको डिएसपी बोहराले बताए।

आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाएको र थप अनुसन्धान कार्य समेत भैरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?