ट्रेन्डीङ्ग

सुनवलको सहकारी शित भण्डार संचालन

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर २ मुखियाटोलमा निर्माण गरिएको ३ हजार मेट्रिक टन क्षमताको शित भण्डारलाई परिक्षण प्रयोगमा ल्याएको छ ।

जिल्ला सहकारी सँघद्धारा निर्मित स्टिल स्टक्चरमा मल्टी चेम्वरको ३ तला रहेको शित भण्डार परिक्षण प्रयोगमा ल्याइएता पनि निर्माण पक्षलाई भुक्तानी गर्न गाह्रो भएको जिल्ला सहकारी संघले जनाएको छ ।

प्रदेश सरकारबाट पाउनुपर्ने रकम नपाएको,स्थानिय पालिकाहरुले समेत अर्को पालिकामा लगानी गर्न नमिल्ने भन्दै पन्छिन थालेपछि भुक्तानी समस्या भएको र त्यसको विकल्पको खोजी भैइरहेको जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताए।

सुनवल नगरपालिकामा वनेको शित भण्डारलाई संचालन गर्न सुनवल नगरपालिकाले नगरपालिका भित्रका सहकारीहरु सँग विभिन्न कार्यक्रमहरु संचालन गरेको जनाएको छ । शित भण्डारणले यस क्षेत्रका कृषकहरुलाई उत्साहित बनाएको हुँदा सुनवल नगरपालिका शित भण्डार संचालनको लागी प्रत्यनशिल रहेको सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले बताइन।

यता सहकारीहरु पनि शित भण्डारको परिक्षण प्रयोगमा आएको भन्दै खुसी व्यक्त गरेका छन् । आफुहरुको लगानी गरेको शित भण्डारण प्रयोगमा आउँदा त्यसको सकरात्मक प्रभाव पार्ने भन्दै कृषकहरुले उत्पादनमा जोड दिनुपर्ने त्यसको लागी प्राविधिक ज्ञान सिप र वालिको व्यावस्था गर्नुपर्ने जनकल्याण वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दयाराम भडारीको भनाई छ ।

२५ करोड लागत स्टीमेट रहेको शित भण्डार २० करोड ९८ लाखमा टेण्डर स्वीकृत भएको थियो । १८ महिनामा सम्पन्न गर्ने गरि विक्याट विल्डर्स काठमाडौले वि.स. २०७६ सालमा सम्झौता गरेको थियो ।

नेपाल सरकारको ६० प्रतिशत,स्थानिय पालिकाहरुबाट २० प्रतिशत र सहकारी सस्थाहरुबाट २० प्रतिशतमा निर्माण गर्ने गरि सुरु भएको शित भण्डार कोभिडका कारणले ४ बर्ष पछि मात्र संचालनको तयारी भएको छ।

जस्तमध्य हालसम्म नेपाल सरकारबाट १२ करोड ५९ लाख अर्थात ६० प्रतिशत अनुदान रकम र सुनवलबाट १ करोड ५० लाख,रामग्रामबाट १ करोड, बर्दघाटबाट २५ लाख ,सरावल गाउँपालिकाबाट ४ लाख ५० हजार र ८५ वटा सहकारीहरुवाट ३ करोड ३० लाख रुपैया संकलन भएको तर वोलकवोल गरेका निकायहरुले सहयोग नगर्दा समयमै भुक्तानी गर्न नसकिएको जिल्ला सहकारी संघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?