बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेको सस्थागत विद्यालयका सवारी साधन चालक र सहचालकलाई ट्राफिक सचेतना दिइएको छ।
बर्दघाट नगर प्याब्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्याव्सनका केन्द्रिय सचिब सुवर्ण न्यौपानेले चालक र सहचालक विद्यालयहरुका ऎना भएको बताए।विद्यालयको सवारी चालक अन्य चालक भन्दा सम्मानित भएको बताउदै सयौं विद्यार्थीहरुको जीवन लिएर हिड्ने चालकहरुले नियम अनुसार सवारी चलाउदा जोखिम कम हुने बताए ।
कार्यक्रममा प्याव्सन नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीले चालक र सहचालकबाट विद्यार्थीले धेरै कुरा सिक्ने बताउदै उहाले चालक र सहचालकले कपडा लगाउन र बोलिचाली समेत राम्रोसङ्ग ख्याल गर्नु पर्ने बताए ।
जिल्ला प्याव्सनका अध्यक्ष गुरुदत्त पौडेलले चालकहरुले ३/४ बर्षका बालबालिकालाई बिहान घरबाट विद्यालय र विद्यार्थीले पढिसके पछि विद्यालयबाट घर सुरक्षित तवरले ल्याजाने काम जागीर मात्रै नभए सेवाको कामसमेत भएको बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु खत्रीले सहजीकरण गर्दै सवारी साधन चलाउदा ध्यानदिनु पर्ने बिषय, ट्राफिक संकेत लगायतका बिषयमा चालक र सहचालक सहजीकरण गरेका थिए ।
बर्दघाट नगर प्याव्सनको आयोजनामा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयले सहजीकरण गरेको हो । कार्यक्रममा नगर प्याव्सनका अध्यक्ष सन्जय ढुंगानाको अध्यक्षता,सचिव हरि प्रसाद उपाध्यायको संचालन र स्वागत कोषाध्यक्ष लीलाराम अधिकारीले गरेका थिए ।