ट्रेन्डीङ्ग

बर्दघाटमा बस दुर्घटना , ७ जना घाइते

बर्दघाट । पूर्वपश्चिम राजमार्ग अर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७  जना घाइते भएका छन ।

काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । दुघर्टना भएको सवारी चालक फरार रहेको र उनको खोजिकार्य भइरहेको छ ।


पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?