काठमाडौँ । काठमाडौबाट पोखरा तर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ।
धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका एसपी गौतम मिश्रले जानकारी दिएका छन । मिश्रका अनुसार त्रिशूली बस दुर्घटना ८ जनाको निधन र १७ जना घाइते भएको जनाएका छन ।
घाइते मध्ये १३ जनालाई काठमाडौँ रेफर गरिएको छ भने ४ को मलेखुमा उपचार हुँदै गरेको छ ।
काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो ।