बुटवल।बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ ।
कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २-०३-१११ ख २५११ नम्बरको मालबहाक ट्रकमा एक्कासी आगो लागेको हो ।
प्रहरीले गाडी भित्र खाना पकाउँदै गर्दा आगो लागेको हुन सक्ने बताएको छ ।
गाडीमा आगो लागेपछि स्थानीय र सडक यात्रीले पानी प्रयोग गरेर निभाएका थिए । स्थानीय र पैदलयात्रीले आगो नियन्त्रणमा लिएपछि दमकल आएको थियो ।