ट्रेन्डीङ्ग

भ्रष्टाचारका फाइल खुल्न थालेपछि नेता विदेश जान थाले : रास्वपा सभापति लामिछाने

बर्दघाट। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भुटानी, ललितानिवास र सुन काण्डका फाईल खुल्ना साथ नेताहरु विदेश पलायन हुनेक्रम सुरु भएको बताएका छन । लामिछानेले त्यस्ता फाइल सुक्ष्मरुपमा अघि बढाए औंलामा गन्न सकिने नेता बाँकी रहने बताएका छन ।

पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित क्षेत्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले सरकारले आँट गरेर निडर भएर छानविन अगाडि बढाए आंँलामा गन्ने बाहेकका सबै नेता जेलमा पुग्ने दाबी गरेका थिए । प्रदेश संरचना नेताहरुलाई भाग पुर्‍याउने र रिझ्याउने ठाउँ रहेकोले प्रदेशको बारेमा गम्भिर भएर सोच्नुपर्ने अबस्था आएको उनको भनाई छ ।

पार्टी प्रति आएका सबै अभिब्यक्ति र धारणाको बारेमा आफु जानकार रहेको बताउँदै लामिछानेले भन्नुभयो “ हाम्रो पार्टीलाई आलोचित बनाउन विभिन्न अभिब्यक्ति र धारणा आएका छन् तर हामी यसको जवाफ फर्काउने पक्षमा छैनौं ।”

“हामी पुराना पार्टी जस्तै एक अर्कामा आरोप प्रत्यारोप गर्ने नभई परिणाम दिने गरी काम गछौं ।” लामिछानेले भने । महिलाहरुले सार्वजनिक यातायातका क्षेत्रमा भोगेका समस्यालाई बुझेर चितवनमा ब्लु बस सुरु गरेकोमा विस्तारै देशैभर सेवा विस्तार गरिने लामिछानेले बताए ।

पद र लाभका लागि रास्वपामा कोही आएको भए त्यस्तालाई पार्टीमा कुनै ठाउँ नभएको बताए । “देश बनाउनका लागि आए ठिक छ नत्र भोली पार्टी सरकारमा जाँदा लाभ लिन सकिएला, चुनाबमा टिकट पाएर जितौँला, ठेक्कापट्टा हात पारौंला भन्ने भए त्यो पुरा हुँदैन” लामिछानेको भनाइ थियो ।

जब नागरिकमा असल नेता छान्ने क्षमता हुन्छ तबमात्र देशको विकासले गति लिने बताउँदै लामिछानेले नेता छनोट गर्दा आस्वासन र प्रलोभनमा नपरी निर्धक्क असल नेता छनोट गर्न नागरिकलाई आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?