ट्रेन्डीङ्ग

बर्दघाट : पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पाठ्यपुस्तक पाएका छैनन।शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत आधारभूत तहका अध्ययनरत  विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन।


नयाँ शैक्षिक सत्र सुरु भएसङ्गै बैशाखमानै पाठ्यपुस्तकको माग गरिएपनी अहिलेसम्म आएको छैन शिरोमणि प्राथमिक विद्यालयकि प्राध्यानाध्यपक सरस्वती खनाल यादवले बताइन। पहिलो त्रैमासिक परीक्षा सकियो तर पाठ्यपुस्तक नहुदा शिक्षा शाखामा पटक पटक किताब आयो कि भनेर बुझे तर अब केहि दिनमा आउछ भन्नू छ प्राध्यानाध्यापक सरस्वतीले बताइन।”

पटक पटक नगरमा विद्यार्थीहरुको खबर गर्दा पनि नगरले अबको केही दिनमा आउछ भन्ने गरेको छ ।शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि नगरको केहि दिन आएको भने छैन । बर्दघाटले शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थी संख्या विद्यालयहरु सङ्ग माग गरेको थियो । बैशाखमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने गरि काम गरिएको सामाजिक बिकास समितीका संयोजक भिमकाजी गुरुङले बताए । उहाँ भन्नुहुन्छ-” हामीले शैक्षिक सत्रको सुरुबातमा नै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउने हिसाबले काम गरेका थियौं । शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीले किन पाठ्यपुस्तक पाएनन् शिक्षा शाखामा बुझ्छु ।”


शिक्षकहरुले पटक पटक नगरमा गएर विद्यार्थीहरुले पुस्तक नपाएको गुनासो गर्दा नगरको शिक्षा शाखाले भने तेति चासो नदिएको देखिएको छ । सबै विद्यार्थीले पाठ्यपुस्तक पाएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छन त्यस्तो कोहि छुटेको छ भने म बुझ्छु शिक्षा शाखा प्रमुख पन्थीले भने।” पन्थीले सबै विद्यार्थीले पुस्तक पाएको बताए पनि बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालय, शिरोमणि प्राथमिक विद्यालय र माउण्ट एभरेस्ट माध्यमिक विद्यालयमा विद्यार्थिले पाठ्यपुस्तक पाएका छैनन् ।

न्यु लाइफमा कक्षा ३ का १ सय ३ जना मध्ये २१ जनाले मात्रै पाएका छन भने ८२ जनाले पाउन बाकी छन त्यस्तै शिरोमणिमा कक्षा २ का २६ जना, माउण्ट एभरेस्टमा कक्षा ४ का ४० जना विद्यार्थीले स्थानीय पाठ्यपुस्तक हाम्रो बर्दघाट पाएका छैनन् ।

पटक पटक नगरमा पाठ्यपुस्तकका बिषयमा बुझेको माउण्ट एभरेस्ट विद्यालयका निवर्तमान प्राध्यानाध्यापक सन्जय ढुंगानाले बताए । उहाँ भन्नुहुन्छ -“दुई हप्ता अगाडि नगरमा गएर पाठ्यपुस्तकको बिषयमा बुझेको अहिले सम्म आएको छैन । दुई चार दिनमा नै आउछ भन्नू भएको अहिले १५१६ दिन भो अहिले सम्म पनि आएको छैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?