बर्दघाट।बर्दघाट नगरपालिकाको वडा नम्बर ९ बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ।१६ वटा वडा भएको नगरपालिकामा वडा नम्बर ९ शुक्रबार घोषणा भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बालबालिका भोलिका कणदार मात्रै नभई आजका साझेदार भएको बताए।उनि भन्छन-” बालमैत्री स्थानीय शासनको मार्फत स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउनु पर्छ।”स्थानीय तहका कार्यक्रममा बालवालिकाको सहभागी गराउदा विधि शासन र सुसासन युक्त शासन हुने पाठकको भनाइ रहेको छ।
जिल्ला समन्वय समिति संयोजक भौगती प्रसाद यादवले पश्चिम नवलपरासीका स्थानीय तहहरु क्रमश बालमैत्री स्थानीय शासनमा गएको बताए।समन्वय प्रमुख यादवले भने”बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा बालमैत्री घोषणा उन्मुख रहेका छन।”
कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बालमैत्री स्थानीय शासनको पहिलो कदमको रुपमा वडा नम्बर ९ बाट सुरुबात भएको बताए।उनले भने-” बर्दघाट नगरले दुइ बर्ष भित्रमा बालमैत्री नगर घोषणा गर्ने तयारीका साथ अघि बढेका छौं।”नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बालमैत्री घोषणासंगै दिगोपन र निरन्तरताका लागी सबैको सहयोगको आवश्यक पर्ने बताए।
२०७६ देखी बालमैत्री अभियान सुरु गरेको वडामा ५ वटा टोल ६ सय ६२ घर धुरीमा ३ हजार एक सय ८२ जनसंख्या रहेको वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बताए।
नवलपरासीका सुनवल र रामग्राम नगरपालिका बालमैत्री घोषणा भइ सकेका छन।कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख कृष्ण प्रसाद सापकोटा,इन्द्रणी सामाजिक बिकास मञ्चका कार्यकारी प्रमुख बद्री प्रसाद सुबेदी,राजा माबीका पुस्पराज अधिकारी,बालमैत्री सहजकर्ता शर्मीला लगायतले बोलेका थिए।
बडा अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षता स्थानीय वडा समितिको तर्फबाट प्रगति प्रतिबेदन हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बाको विशेष प्रस्तुती रहेको छ।वडा बाल सन्जालकि अध्यक्ष सृष्टि खत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन बालबालिका फोकल पर्शन बाबुराम तिमिल्सिनाले रहेको थियो।