ट्रेन्डीङ्ग

बर्दघाट नगरपालिकाले अपाङ्गता भएका विमारीको नि:शुल्क उपचार गर्ने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अपाङ्गता भएका विमारीको नि:शुल्क उपचार गर्ने भएको छ।नगरपालिकाले नगर भित्र रहेका दुई सामुदायिक अस्पतालबाट नगर भित्रका अपाङ्गता भएका बिमारीलाई अस्पतालले दिने सेवासुबिधा सहित नि:शुल्क उपचार गर्ने नगर प्रमुख सम्भुलाल श्रेष्ठले बताए।

 

अपाङ्गता भएका नगरबासिलाई स्वास्थ्योपचारमा सहज होस भनेर हामिले यो कामको सुरुवात गरेका हौ”नगरप्रमुख श्रेष्ठले भने-थोरै भएपनी उहाँहरुलाई सहज होस भन्ने बिस्वास लिएको छु।सामान्य उपचारबाट बन्चित भएकाहरुलाई यसले पक्कै सहयोग पुर्याउने छ श्रेष्ठले भनाई छ।

 

नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुबिधा नि:शुल्क दिईनुका साथै अन्यत्र उपचार गर्न जानूपर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई एम्बुलेन्स सेवा समेत छुट दिईने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालिले जानकारी दिए।यो सुबिधा श्रावण देखि लागू हुने ज्ञवालिले बताए।

 

सामुदायिक अपांग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपाङ्गगता भएकालाई यसले थोरै भएपनी राहत पुर्याउने बताउदै नगरको निर्णय स्वागत योग्य भएको बताए।

 

विशेषगरि निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपांगता भएकालाई यसले राहत मिल्ने श्रेष्ठले बताए नगरपालिका भित्र ७७९ जना अपाङ्गता भएका ब्यक्ति मध्ये ४८७ जनाले परिचय पत्र लिएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?