काठमाण्डाै।नेपाल एसीसी यू-१६ इस्ट जाेन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेकाे हाे।
नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे सिङ्गापुर ३१ ओभर ३ बलमा ८७ रनमा अलआउट भयाे।सिङ्गापुरका राेशन रविचन्द्रनले २४,प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए।बलिङ तर्फ नेपालका कार्तिक कामतले ३ तथा सन्ताेष यादव,नरेन भट्ट,अशोक धामी,अभिषेक तिवारी र प्रतीक पोखरेलले १/१ विकेट लिए।
यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो।
नेपालका सूर्यांशु काेइरालाले ४३ र निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५,सन्तोष यादवले १८,दीप भुजेलले नटआउट १२,प्रतीक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए।
नेपालले अब भाेलि मङ्गलबार उपाधिका लागि मलेसियासँग खेल्नेछ।मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई ७८ रनले हराउँदै फाइनल प्रवेश गरेकाे हाे।