परासी।पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउदै गरेको करिब १६ लाख बराबरको चिनी सहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ।
भारतबाट भन्सार छली गरि ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउदै गर्दा पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाटमा चिनी र कारोबारमा संलग्न सिराहा धनगढीमाइ १० नगरपालिका बस्ने विरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए।
कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
४२० बोरा करिब २१ हजार केजी चिनी बरामद गरिएको र आवश्यक अनुसन्धानका लागि राजस्व कार्यलय बुटवल पठाइएको पाण्डेले बताए।