ट्रेन्डीङ्ग

राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवसाय संग जाेडिनु पर्छ: नेका नेता चौधरी

रामपुर।नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य मानवीय बिनोद चौधरीले राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवसाय संग जाेडिनुपर्ने बताए।

पाल्पा जिल्लाको रामपुरमा गत माघ २७ गतेदेखि चलेको तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे समापन कार्यक्रम उक्त कुरा बताएका हुन।

रामपुर उद्योग वाणिज्य संघको आयाेजना तथा रामपुर नगरपालिकाकाे संरक्षणमा मेला आयाेजना गरिएको हाे।

संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालकाे अध्यक्षतामा भएको मेलाकाे समापन सत्र कार्यक्रमकाे उद्घाटन संघीय सांसद तथा बरिस्ठ उद्योगि विनाेद चाैधरिले गरेका थिए।

प्रमुख अतिथि चाैधरिले याे क्षेत्र उद्योग व्यावसायका लागि धेरै सम्भावना बाेकेकाे छ,नेपालकाे राजनीति युवा केन्द्रीय र विकास केन्द्रीत हुनुपर्ने बताउनुभएको छ।राजनीतिलाई विकास र विकासलाई उद्योग र व्यवासाय संग जाेडिनुपर्ने बताए।

रामपुर बृहत् नेपाल संग जाेड्न सक्ने सम्भावना रहेको,नेपालकाे पाैरखलाई विश्वभरि पुर्याउने प्रयास गरेर आफु सफल भएको उहाले बताउनुभयो।

सम्भावनालाई खाेजेर काम गरियाे भने सयाै विनाेद चाैधरि जन्मनेछन्,एकले अर्काेलाई निषेध गरेर गन्तव्यमा पुग्न सकिँदैन बताउदै चाैधरिले विकासले दृष्टिकाेणकाे ढाेका खाेलिनुपर्नेमा जाेड दिएका छन।

कार्यक्रमकाे संचालन संघका महासचिव पुर्सोत्तम केसिले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal