सुनवल।नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं.९ मा महिला उधमी केन्द्र व्यवस्थापन समितीको अधिबेशनबाट अध्यक्षमा सुन्जा कुमारी चौधरी चयन हुनुभएको छ।
महिला उद्यम केन्द्र सञ्चालन व्यवस्थापन गर्न तथा महिला लक्षित कार्यक्रम कार्यान्वयनका लागि गठित समितिमा अध्यक्षमा चौधरी सहित उपाध्यक्षमा पुनम जैसवाल,सचिवमा मुना चौधरी कुवर,कोषाध्यक्षमा खेमकान्ति राय चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा क्रमशःपोनिता कोहार,पवित्रा कुमारी चौधरी,दिव्या सुनार,निसा कुमारी चौधरी,प्रेमकला कुमारी चौधरी,सकुन्तला चौधरी र निसा सेन चयन हुनुभएको छ।