ट्रेन्डीङ्ग

वनदेवि आधारभुत विधालय घ्युडल्लाको २ कोठे भवनको शिलान्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थिति वनदेवी आधारभूत विधालयको दुई कोठे भवन शिलान्यास सुनवल नगर प्रमुख विमला अर्यालले गर्नु भएको छ।विधालय व्यवस्थापन समितिका अध्यक्ष नाजिर मुस्लमानको अध्यक्षतामा एवं सुनवल नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यतामा दुई कोठे भवनको शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रम बोल्दै नगर प्रमुख अर्यालले सुनवल नगरपालिकालाई शैक्षिक हवको केन्द्र बनाउने उद्देश्य सहित भुकम्प प्रतिरोधात्मक प्रविधि मैत्री विधालयमा भवन निर्माण गर्न लागिएको बताउनु भयो।

अर्यालले आधारभुत तह(कक्षा ५)सम्म रहेको विधालयलाई स्तरोन्नति गरि आधारभुत तह कक्षा ८ सम्म बढाउने प्रतिबद्धता व्यक्त गर्दै विधालयलाई आवश्यक पर्ने यातायातको साधनको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न बताउनु भयो।

कार्यक्रममा वडा सदस्य ,विधालय व्यवस्थापन समितिका सदस्य,अभिभावक, शिक्षक विधार्थी लगायतको उपस्थित रहेको थियो।विधालयका शिक्षक लक्षमण ज्ञावलिको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन प्राचार्य मुरारी यादवले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?