ट्रेन्डीङ्ग

बर्दघाट नपामा कर्मचारीको भर्ना प्रक्रियामा अख्तियारको चासो

नवलपरासी।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुखको सचिवालय संयोजक शरद पौडेल संगै १२ जनाको नियुक्ति प्रकृया प्रति अख्तियारले चासो राखेको छ।

 

नगर प्रमुख शम्भुलाल श्रेष्ठको सचिवालयका संयोजक पौडेल सहित १२ जना दैनिक ज्यालादारीका कर्मचारी प्रति अख्तियारको नजर परेको हो।पौडेलले शाखा अधिकृतको बराबर तलब लिदै आएको स्रोतको दाबी छ।

कर्मचारी राख्दा दरबन्दी सिर्जना नगरी राजनैतिक भागवण्डाका आधारमा आफुखुसी राखिने गरेको आरोप लागी रहेको बेलामा अख्तियारले कर्मचारीहरु कुन प्रकृयाबाट राखिएको हो ? राख्न मिल्ने वा नमिल्ने के हो ? सो सम्बन्धमा जवाफ मागेको हो ।

 

अख्तियारको अनुसन्धानको क्रममा प्रकृया पुरा नगरी कर्मचारी राखिएको ठहर भए ति कर्मचारीहरुले हाल सम्म खाईपाई आएको पारिश्रमिक बापतको रकम बेरुजु कायम हुनेछ ।

 

अख्तियारको पत्रको बारेमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा संग जिज्ञासा राख्दा नगरपालिकामा संगठन ब्यबस्थापन (ओ एन एम ) तयार नभएका कारण अफ्ठेरो भएको प्रतिकृया दिनुभएको छ ।

 

नगरले जनताको काम गर्नका लागि कर्मचारी राखेका बताउदै उहाले नगरमा कर्मचारी कम भएका कारणले कर्मचारीहरु दैनिक ज्यालादारीमा राख्नु परेको बताउनु भयो।

 

अहिले अख्तियर १२ जनाको नाम नै तोकेर पत्र आएको बताउदै उहाले पत्र आएपछि तत कर्मचारीलाई जानकारी गराइएको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?