सुनवल।पश्चिम नवलपरासीको सुनवल नपा -१२ भुमहिमा रहेको सिद्दार्थ बहुउद्देश्यिय सहकारीको २५औं बार्षिक उत्सव एव रजत जयन्ती सहित विविध ३ दिने कार्यक्रम सम्पन्न भएको छ।सस्थाका अधक्ष्य यामलाल पान्डेको अधक्ष्यतामा र लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले समाज परिवर्तनको पहिलो काम जनप्रतिनिधी र राजनितिक दलका प्रतिनिधिबाट परिवर्तको सुरुवात गर्नुपर्छ,परिचय कामले हुने र सोही अनुसार सहकारीले काम गर्नुपर्ने र यस सहकारीले नगरभित्रको पुरानो सहकारी भएर अभिभावक्तव ग्रहण गर्दै उदाहरणिय काम गर्नेमा विश्वात रहेको भनाई व्यक्त गर्नु भएको थियो। बस्नेतले सहकारी सस्था व्यवस्थापनका लागि नियमन निकायमा पहल प्रतिबद्दता व्यक्त गर्नु भयो।
त्यसैगरी कार्यक्रममा नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव,सुनवल नगर उपप्रमुख सुर्य दुवे,एमालेका जिल्ला उपाध्याक्ष डोलराज भण्डारी,नेका जिल्ला सदस्य राम बहादुर क्षेत्री,सुनवल उधोग बाणिज्य संघका अधक्ष्य रमेश कर्मचार्य,लुम्बिनी साकोसका अधक्ष्य लेखनाथ खरेल,सस्थाका पुर्व अधक्ष्य पेउ नारायण न्यौपाने,टक न्यौपाने लगायतको उपस्थिती रहेको थियो।सस्थाका उपाध्याक्ष जयराम बस्याल स्वागत मन्त्वय सगै सुरु भएको कार्यक्रमको संचालन सचिव रमेश पराजुलीले गर्नु भएको थियो।
समापन कार्यक्रममा लोक गायक खुमन अधिकारी,लोक गायिका रमिला न्यौपाने,अभिषेक खडका लगायत स्थानिय कलाकारले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थापनाकालका सस्थांपक अधक्ष्य,सचिव,सदस्य र कर्मचारीको परिवारलाई मरणोपरान्त सम्मान गरेको थियो।स्थापनाकालका सेयर सदस्य एवं संचालक समितिका सदस्य,पुर्व पदाधिकारी,कर्मचारी र अक्षयकोष स्थापना गर्न्र सेयर सदस्यलाई सम्मान गरिएको थियो।सस्थाले माघ १६ गते सहाकरी शिक्षा सिविर र माघ १७ गते गरेको मावी स्तरीय वक्तृत्वकला र महिला नेतृत्व बिकास तालिम आयोजना गरेको थियो। त्यसै आजै वक्तृत्वकलामा प्रथम दिर्तीय र तेस्रो हुने प्रतियोगी विधार्थीलाइ पुरस्कार वितरण गरिएको थियो।