सुनवल । पश्चिम नवलपरासीको सुनवल-१३ मा अवस्थित धान्यान्चल महायज्ञ माविले ३५ औं अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विधार्थी भित्र अनुशासन र नैतिक शिक्षा अध्यापन गराउन आवश्यकता रहेको र विधालयलाई भौतिक प्रगती मात्र नभैइ प्रविधी मैत्री गुणस्तरिय शिक्षा दिन नगर प्रतिबद्द भएको बताउनु भयो।
विधार्थीलाई अध्ययन मात्र नभई अतिरिक्त कृयाकलापमा अगाडी बढाउन खेलकुद र विभिन्न किसिमका क्षमता अभिबृद्द गराउन आवश्यक तालिमको व्यवस्थापन गर्ने र नगरले शिक्षालाई पहिलो प्रथामिकता साथ राखेको बताउनु भयो।
विधालयका प्राचार्य ऋषिराम भण्डारीले विधालयको प्रगति र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। त्यसै गरि विधालयको आगामी कार्ययोजना सहित व्यवस्थापन समितिका अध्यक्षले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो उहाले २०४३ सालमा धान्यन्चल महायज्ञ गरि सुरु गरिएको यस बिधालयमा बालबिकासदेखि कक्षा १२ सम्म ८२८ विधार्थीले अध्ययन गर्ने जानकारी दिनुभयो। आगामी दिनमा प्राविधिक र व्यवसायी शिक्षामा अगाडि बढाउने र विधार्थीलाई संग जोडिएर गुणस्तरीय शिक्षामा अगाडि बढाउने योजना भएको बताउनु भयो ।
कार्यक्रममा अक्षय कोष दाताको तर्फबाट देवराज भण्डारी,महाकवि देवकोटा नमुना मावी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल,जगन्नाथ माविका प्रह कर्ण बहादुर राहादी मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विधालयले प्रविधि मैत्री र व्यवहारीक शिक्षालाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए।सहायक प्रह सावित्री पौडेल स्वागत सगैं सुरु भएको कार्यक्रमको संचालन विधालयका शिक्षक शिक्षिका रामराज श्रेष्ठ र मैना सुवेदिले गर्नु भएको थियो। कार्यक्रममा विविन्न बिधामा सहभागी विधार्थीलाई सम्मान गरिएको र जेहन्दार विधार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो।कार्यक्रममा विधार्थी र शिक्षकले विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
त्यसैगरी सोही कार्यक्रममा अभिभावक भेलाले विधालय व्यवस्थापन समितिको अध्यक्षमा पुनःसुर्य न्यौपाने चयन हुनु भएको छ। सदस्यहरुमा क्रमश:किरण गुरुङ,लक्ष्मी तिवारी,नमृता सुनार चयन गरेको छन भने पहिलो बैठकले रमाकान्त अर्याल र शोभाखर पान्डेयलाई मनोनीत गरेको छ। त्यसैगरि अभिभावक तर्फ रुद्र तिवारीको संयोजकत्वमा ९ सदस्य समिति गठन गरेको छ ।जसमा झविन्द्र अधिकारी,शिव ढकाल,झलक कुमारी कुवंर,दान बहादुर क्षेत्री,नमाकान्त बस्याल,लोकराज शर्मा पौडेल,कुश्माखर सापकोटा र बन्जुला चौधरीलाई चयन गरेको हो।