सुनवल।राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकामा जग्गाको नापजाँच कार्य सुरु गरेको छ।आयोगले सुनवल-१२ भुमहिबाट काम सुरु गरेको हो।जग्गा नापजाँच कार्यको आज भुमहिमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य खडक बस्नेतले शुभारम्भ गर्नुभयो।
शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बस्नेतले जिल्लाका अन्य पालिकामा भन्दा अघि सुकुम्बासी तथ्याङ्क सङ्कलन भए पनि सुनवलमा नापजाच काम ढिला भएकोमा दुख व्यक्त गर्नुभयो।भूमि आयोग र स्थानीय तहलाई प्रश्न गर्दै उहाले राजनीति समीकरण परीवर्तन भएकै कारण असहयोग गर्न नहुने कुरा व्यक्त गर्नुभयो।
प्रदेश सभा सदस्य बस्नेतले राजनीति दल र जनप्रतिनिधिले जनताका सुकुम्बासी समस्या साझा भएकोले एकै ठाउमा भएर आगाडी बढ्नुपर्ने बताउनु भयो।
लालपुर्जा बाढ्ने बेलामा हुने समस्यामा राज्य र सम्वन्धित निकायले तोकेको शुल्कमा कन्जुसाई नगरी तिर्न आग्रह गर्दै प्रदेश सदस्य बस्नेतले कुनै व्यक्तिले आर्थिक लाभ लिन बदमासी हुन् सक्ने कुरामा सचेत हुन सम्बन्धित निकाय र जनतालाई आग्रह गर्नु भयो।
नापजाच शुभारम्भ कार्यक्रममा सुनवल नगर प्रमुख बिमला अर्याल,वडा १२ का अध्यक्ष चुरामणि पौडेल(दिपक),राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
सुनवल नगरपालिकामा भूमिहीन दलित २ सय १२, भूमिहीन सुकुम्वासी ४ सय ३२ र अव्यवस्थित वसोवासीको सङ्ख्या ५ हजार ५ सय ८ गरि कुल ६ हजार १ सय ५७ सुकुम्बासीको तथ्याङ्क रहेको भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले जानकारी दिनुभयो।
भूमि आयोग र जिल्ला नापी कार्यालयबाट अमिन टोली र विज्ञ सदस्य सहित नापजाँचको काम प्रारम्भ भएको भण्डारीले बताउनुभयो। अव्यवस्थित सुकुम्बासीका र चरणबद्ध रुपमा अन्य सबैको नापजाँच सुरु गरिने भण्डारीले बताउनुभयो।
यस अघि गत माघ ३ गतेदेखी राष्ट्रिय भूमि आयोगले बर्दघाटको वडा नम्बर ७ बाट जग्गा नापजाँचको काम सुरु गरेको थियो। हालसम्म बर्दघाट र सुनवल नगरपालिकाले मात्र भूमिहीन सुकुम्वासीहरूको विवरण सङ्कलन गरेका छन।स्थानीय तहहरुले विवरण सङ्कलन गरे पश्चात मात्र जिल्लाको समग्र एकिन विवरण आउने भूमि आयोगले जनाएको छ।