![](http://safalpost.com/wp-content/uploads/2023/01/20230122_122758-scaled.jpg)
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा माघ ९ गतेदेखि प्रथम बिग बुद्द कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
सुनवल नगरपालिकाको वडा नम्बर ६ खेल मैदानमा हुने खुल्ला पुरुष फुटवल प्रतियोगिताबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
कार्यक्रममा विग बुद्द क्लबका अध्यक्ष एवं खेल संयोजक सन्जिव लामाले नवलपरासी र रुपन्देही सहितका ए डिभिजन क्लब सहित आयोजक समुहको ‘रातो’ र ‘निलो’ गरि १७ टिममा विदेशी खेलाडीको समेत सहभागी हुने बताउनुभएको छ।
अध्यक्षका एवं खेल संयोजक लामाका अनुसार प्रतियोगिताको बिजेता समुहले १ लाख ५ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपबिजेता समुहले ६१ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्ने छन।त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले मेडल,प्रमाण पत्र र नगद रकम प्राप्त गर्ने छन।
प्रतियोगिता भर ६ लाख ५० हजार रुपैयाँ बराबरको अनुमानित खर्च हुने जसका लागि प्रथम पुरस्कार विसासय सामुदायिक वन र दोश्रो पुरस्कार लुम्बिनी प्रदेश सभा सदस्य खडक बहादुर बस्नेतले सौजान्य गर्नु भएको क्लबका कोषाध्यक्ष टेक बहादुर पुनले जानकारी दिनु भयो।
फुटबल प्रतियोगिता सहित कार्यक्रम अवधिभर प्रत्येक दिन विविध खेलकुद कार्यक्रम सहित सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।