ट्रेन्डीङ्ग

रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देवकोटा नमुना मा.वि प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा स्थित महाकवि देवकोटा नमुना मावि गत माघ ४ गतेदेखि संचालित दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।


सुनवल नगरपालिका भित्रका २३ मावि सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा ८ स्वर्ण,५ रजत र ७ कास्य गरि २० पदक सहित देवकोट नमुना माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरी राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ।५ स्वर्ण,२ रजत र ४ कास्य गरि ११ पदक सहित जगन्नाथ माध्यमिक विद्यालय दोस्रो र ४ स्वर्ण ४ रजत र २ कास्य गरि १० पदक सहित धान्यान्चल माध्यमिक विद्यालय तृत्तीय भएको छ।

जम्मा छात्र तर्फ १७ र छात्रातर्फ १७ गरी ३४ वटा इभेन्टमा ४०० बढी जना खेलाडीहरु सहभागी भएको राष्ट्रपति रनिङ शिल्ड मुल आयोजक समिति संयोजक एवं विधालयका व्यवस्थापन समितिका अध्यक्ष एवं ज्ञानहरी अर्यालले बताउनु भयो।शिल्ड तथा मेडल र प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख विमला अर्याल प्रमुख आथित्य्ता र व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनवल नगरपालिकाका सस्थांपक नगर प्रमुख भिम बहादुर थापा(भरत,सस्थापक उपमेयर ददिराम अर्याल,सुनवल शिक्षा शाखा प्रमुख बिष्णु गोतामे,विधालय व्यवस्थापन समिती संजाल सुनवलका अधक्ष्य सुर्य न्यौपाने लगायतको उपस्थिती रहेको थियो।
खेलकुद प्रतियोगिता सहित विधालयमा खाना महोत्सव एवम विविध सांस्कृतिक कार्यक्रम भएका थिए।

देवकोटा माविमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड सफल पार्न सहयोग गर्ने खेल  प्रशिक्षक,स्वयमसेवक,सुरक्षाकर्मी,सहभागी,प्रधानाध्यपक सन्चारकर्मी ,कलाकार लगायतलाई सम्मान र प्रशंसापत्र वितरण गरिएको थियो।समापन कार्यक्रमको संचालन रमेशकुमार भुसालले गर्नु भएको थियो।

आगामी बर्ष हुने तेस्रो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुनवल-१३ धान्यान्चल मावी बडेरामा हुने गरि महाकवि देवकोटा नमुना माविका प्रह खेमलाल जोशी र विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले धान्याचल मावीका शिक्षक प्रतिनिधि साथै व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेलाई झन्डा हस्तान्तरण गरिएको सुनवल शिक्षा शाखा प्रमुख बिष्णु गोतामेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?