ट्रेन्डीङ्ग

उद्योगपक्षलाई सरोकार निकायले नियमन गर्न नसक्दा नगरबासी आक्रोशित

सुनवल।वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई स्थानीय सरकारले समेत नियमन गर्न नसक्दा आक्रोशित छन।

वर्षेनी चिनीमिलको दुर्घन्ध र प्रदुषणको शिकार बनेका सुनवल वासीको समस्यालाई सुनवल नगर पालिका,प्रदेश सरकारका सांसदले समेत आश्वासनको चारो बनाएको स्थानीय निर्मल चौधरी बताउछन।

उनी भन्छन“वर्षे पिच्छे चिनीमिलको प्रदुषण नियन्त्रणको कुरो उठाइन्छ, आन्दोलन हुन्छ,ताला लागाइन्छ र अन्त्यमा सम्झौता हुन्छ र कुरा सेलाउछ,हाम्रो समस्या चाही जहाको त्यहि।प्रदुषण न्यूनिकरणबारे स्थानीयलाई केही समय भुलाउन देखावटी कागजी सम्झौता गर्न हतार गर्ने सम्बन्धित व्यक्तिहरु सम्झौता भएको यतिका समय हुदा पनि मौन रहेकोेले स्थानीय सरकार संगै कुनै पनि पक्षसंग कुनै आशा नरहेको उनले बताए।

चिनी मिलदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्ने गरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थ माथि गम्भीर खेलबाड गरीरहदा जनताको नजिकको सिंहदरवार सुनवल नगरपालिकाले कुनै कदम नचाल्नु र उद्योगलाई निर्वाध रुपमा चल्न दिनुले केही मिलिमतो रहेको समेत स्थानीयले आशंका गरेका छन।

स्थानियहरुले बिरोध स्वरूप चिनी मिलको गेटमा पुष १९ गते ताला लगाएको थिए।चिनी उद्योगबाट निस्कने प्रदुषण न्यूनिकरण गर्ने सम्बन्धि विभिन्न विषयमा गत पुष २० गते सरोकारवाला पक्ष,उद्योगी र स्थानिय विच सम्झौता भयो र ४ बुदेँ सहमती पछि उधोगमा लगाइएको ताला खुल्यो।

सहमति पत्रमा उद्योगले जडान गरेको प्रदुषण नियन्त्रक मेसिन परिक्षण गर्नका लागि ५ दिन परिक्षणको रूपमा सञ्चालन गर्ने,उक्त अवधिमा प्रदुषण भए नभएको अनुगमन गर्ने,प्रदुषण नियन्त्रण नभएको खण्डमा पुनःउद्योग र स्थानियहरु विच छलफल गर्ने,उद्योगको डिस्टिलरीवाट निस्कने कालो पानी(स्पेण्ड वास) नियन्त्रण गरी बाहिर बग्न नदिने,स्पेण्ड वासवाट निस्कने गंन्ध न्युनिकरण गर्ने,अर्थात गन्ध रहित बनाउने र विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने सहितको निणर्य भएको थियो।

अधिकार सम्पन्न नगरपालिकाले जनताको स्वास्थ्य प्रति खेलवाड गर्ने उद्योगी सामु हात जोडेर‘कृपया धुलो नउडाईदिनुहोला’भनी हात जोड्ने शैली प्रति स्थानीय आक्रोशित बनेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?