ट्रेन्डीङ्ग

रामनगर बृहत खानेपानीको अध्यक्षमा अर्याल र सचिवमा पराजुली निर्वाचित

सुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहिमा रहेको रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्षमा एमाले गठबन्धनका बिष्णुप्रसाद अर्याल ८ सय ६४ मतका साथ निर्वाचित हुनुभएको छ।

अर्यालले निकटतम यामलाल पाण्डेलाई ३१ मतले पछी पार्दै निर्वाचित भएका हुन। पान्डेले ८ सय ३३ मत प्राप्त गर्नु भएको छ ।

एमाले संग माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी सहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन छ भने काँग्रेसमा माओवादीकै स्वतन्त्र पक्षधरको आन्तरिक गठबन्धन रहेको थियो।

एमाले नेतृत्वको गठबन्धनबाट आयोजनाका निर्वतमान उपाध्यक्ष बिष्णु प्रसाद अर्याल हुन भने काग्रेस गठबन्धनबाट उम्मेदवार बनेका यामलाल पाण्डे सुनवल १२ का पुर्व अध्यक्ष हुन।

यस्तै उपाध्यक्ष पदमा एमाले गठबन्धनका चण्डी प्रसाद डुम्रे ८ सय १७ र राजु बस्यालले ८८३ मत सहित निर्वाचित भएका हुन भने निकटम प्रतिद्वन्दी नरपती पान्डे ८१५ र हुमनाथ न्यौपानेले ७३९ मत प्राप्त गर्नु भएको छ।

सचिव पदमा एमालेका नरिश्वर पराजुलीले ८ सय ८० मतका साथ बिजय हुदा उनका प्रतिद्वन्दि कांग्रेसका टिकाराम न्यौपानेले ७ सय ६२ मत प्राप्त गर्नु भएको छ।

सहसचिव पदमा दिपक रानाले ८ सय ६७ मत प्राप्त गर्दा प्रतिद्वन्दी मोहर प्रसाद चौधरीले ७ सय ९१ मत प्राप्त गर्नु भएको छ।

कोषाध्यक्षमा देविलाल डुम्रेले ८ सय ४५ बिजय हुदा प्रतिद्वन्दी बासुदेव चौधरीले ८ सय ३ मत प्राप्त गर्नु भएको थियो।

यसैगरी कार्यसमितिमा सदस्यमा कुल बहादुर राना,तेज प्रसाद पौडेल,प्रकाश पौडेल,सुनकेशी चौधरी निर्वाचित हुनु भएको छ।

लेखा समिति संयोजकमा एमाले गठवन्धनकै लालु प्रसाद पौडेल,दिलकुमारी सुवेदी र माधव अर्याल निर्वाचित हुनुभएको छ।

मतदानमा कुल २६ सय ६७ मतदाता मध्ये १८ सय ४७ मत खसेको निर्वाचन संयोजक बन्धुराज पौडेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?