ट्रेन्डीङ्ग

नारायणी नदीमा अवैध उत्खनन गर्दा २ ट्रयाक्टर प्रहरीकाे नियन्त्रणमा

परासी।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको किनारबाट प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ लोड गरिरहेको अवस्थामा दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ। सुस्ता गाउँपालिका ३ नारायणी नदीबाट ढुङ्गा र बालुवा लोड गरिरहेको अवस्थामा नदिजन्य पदार्थ सहित ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनु भएको छ।

नारायणी नदीको किनारबाट नदिजन्य सामग्री लोड गरिरहेको लु ३ त ६३४१ र लु२त१६२४ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताउनु भयो। ईलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक नवराज केसी र प्रहरी चौकी नरसहीका प्रहरी सहायक निरीक्षक जनार्धन यादव सहितको टोलीले ट्र्याक्टर नियन्त्रणमा लिइ सुस्ता गाउँपालिकाको कार्यालयमा बुझाएको प्रहरीले बताएको छ।

प्रहरीद्वारा बुझाएको ढुङ्गा,बालुवा सहितको ट्राक्टरलाई प्रती ट्र्याक्टर रु.१५ हजार जरिवाना गरि गाउँ पालिकाले छोडेको जानकारीमा आएको छ।

सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको किनारबाट अवैध रुपमा नदिजन्य पदार्थको उत्खननले नदीको धार दक्षिण तर्फको नेपाली भुभागतर्फ बढ्न थालेकोले जनमानसमा चिन्ता बढ्न थालेको पनि जानकारी प्राप्त भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?