सुनवल । उद्योग वाणिज्य संघ सुनवलले सुनवल क्षेत्रका आदीवासी जनजातीहरु सँग छलफल गरेको छ । यहि माघ १० गते देखि २२ गते सम्म संचालन हुने मेलालाई सफल वनाउन व्यापक रुपमा तयारीका साथै विभिन्न संघ सस्था तथा संगठनहरु संगको छलफललाई तिव्रता दिएको हो ।
मेलाको अयोजक उद्योग वाणिज्य संघ सुनवलले यस क्षेत्रका राजनैतिक,वौद्धिक सामाजिक व्यक्तित्वहरु सँगको छलफललाई तिव्रता दिने क्रममा आजे सुनवल क्षेत्रका आदीवासी जनजाती संगठनहरु सँग छलफल गरेको हो । आज भएको छलफलमा सुनवल नगरपालिका भित्रका आदीवासी जनजाती संघ संगठनले मेलालाई सफल बनाउन एकजुट भएर अगाडी वढ्ने सहमति जनाएको संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताउनुभयो।
व्यापार मेलामा नेपालका घरेलु ,साना,सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्य र अन्य उत्पादक समेत गरी २०० स्टलहरु रहने संघका महासचिव तेजु भण्डारीले जानकारी दिनुभयो।
५५ लाख खर्च हुने अनुमान गरिएको मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र मेलाबाट करिव १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको संघले जनाएको छ । मेलमा अनुसार जडीबुडी, पर्यटन सम्बन्धी दैैनिक उपभोग्य बस्तुहरु, हस्तकला तथा तयारी पोशाक र मेलामा बगंलादेश, पाकिस्तान र भारतकमा प्रर्दशकहरुको समेत सहभागिता रहने छ।मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कालकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ।
मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था, विद्यार्थिलाई ७० र अन्यलाई १०० टिकटको व्यवस्था गरीएको संघका सचिव इश्वरी भण्डारीले बताउनुभयो । साथै ४० वटा स्थानिय उद्यमीहरुले उत्पादन गरेको कृर्षिमा आधारित कृर्षि बस्तुहरुको स्टल निशुल्क उपलब्ध अयोजक उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।