सरावल।पश्चिम नवलपरासीको सरावल स्थित सामुदायिक वनबाट काठ लोड गरेको पिकअप सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बासा प्रहरी चौकिबाट खटिएको प्रहरी टोलि र वन उपभोत्ता समुहको संयुक्त गस्ती टोलिले सरावल १ मा रहेको वसन्त हरियाली सामुदायिक वनबाट १९ वटा गोलिया लोड गरेको पिकअप नियन्त्रणमा लिएको प्रहरी कर्यालय जनाएको छ ।
१ सय ३७ दशमलव ५ क्वीफिट बराबरको अवैध रुपमा काठ लोड गर्दै गरेको अवस्थमा लु १ च ७२८२ नम्वरको पिकअप सहित सुनवल ११ का शेषकान्त ढकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धानको लागी सव डिभिजन वन कार्यालय बर्दघाट वुझाइएको जिल्ला प्रहरी कार्यालय पश्मि नवलपरासीले जनाएको छ ।