सुनवल।पश्चिम नवलपरासीको सुनवलमा माघ १० गतेदेखि दोस्रो सुनवल कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।कृषि,पर्यटन,उद्योग र व्यापार राष्ट्र निमाणको बलियो आधार भन्ने मुल नाराका साथ सुनवल उद्योग वाणिज्य संघको आयोजनामा सुनवल उद्योग वाणिज्य संघले माघ १० गतेदेखि २२ गतेसम्म सोमनाथ हाडबजारमा मेला सञ्चालन गर्ने आज उद्योग वाणिज्य संघ सुनवलको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले मेलाको तयारी तीव्र पारिएको बताउदै कृषि,पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न,यस क्षेत्रका व्यापार मेलाको मुख्य विशेषता नेपाल लगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता,उत्पादक,वितरक निर्याकर्ताहरुलाई एउटै मन्चमा भेटघाट भेला गराई र सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकरी उपलब्ध गराउन धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल र जैविक विविधताको संरक्षण गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको बताउनुभएको छ।
यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास गर्न एकैथलोबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म औद्योगिक लघु उद्यम तथा कृषि र अन्य उत्पादनहरुको बजार विस्तार गर्न उपभोक्तालाई मुलुक भित्रै किनमेल गर्ने बानिको विकास गराउन मेलाले टेवा पुर्याउने उहाको भनाई थियो।
उपभोक्ता बीच स्वदेशी उत्पादनको पहिचान,उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरुको चाहना जानकारी उत्पादन तथा सेवा प्रति विस्वास अभिवृद्धि गर्ने,राष्ट्रिय स्तरमा उत्पादनको बजार प्रवद्र्धन गर्ने,देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत्त गराउने,व्यवसायीहरु बीचको अवसर, समस्या र चुनौति बारे अन्तृक्रिया गर्ने,कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने,कृषि,लघु तथा घरेलु उद्यमहरुको बजार प्रवद्र्धन गर्ने,यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने मेलाको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष कर्माचार्यले जानकारी गराउनुभएको थियो।त्यस्तै विभीन्न किसिम ट्यालेन्ट सोका साथै स्थानीय कलाकार,विधालय तथा कला केन्द्रको विविध सास्कृतिक कार्यक्रम रहेन बताइएको छ।
करिब १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उक्त व्यापार मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा,साना तथा घरेलु उत्पादन,जडिबुटी तथा कृषि उत्पादन,औद्योगिक मेसिनरी तथा उपकरण,हस्तकला उत्पादन,अटोमोबाईल्स, ईलेक्टोनिक्स, तथा ईलेक्ट्रिकल्स, मोवाईल सूचना प्रविधि,फर्निचर तथा फर्निसिंगको सामग्री,निर्माण सामग्री, शैक्षिक,स्वास्थ्य,बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान,राष्ट्रिय तथा स्थानीय कलाकार सहित स्थानिय धर्म,भाषा,कला साहित्य र भेषभुषाको प्रदर्शनी रहने आयोजकले जनाएको छ । करिब दुई सय स्टल रहने उक्त मेलामा करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा स्टल राख्न सुनवल उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अपांगता भएका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ।विद्यार्थीलाई टिकटमा सहुलियत दिईनेछ भने स्थानीय लघु ,कृषि र महिला उद्यमी लाई स्टल निःशुल्क प्रदान गरिने सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्य ले बताउनुभयो । सो मेला मा सिसि क्यामेरा को २४ सै घण्टा सुरक्षाको व्यवस्था रहने ,सरकारी सुरक्षाकर्मीको समन्वयमा निजी सुरक्षाकर्मी बाट सुरक्षा व्यवस्था गरिने , प्रत्येक स्टलको लागी बीमा , अग्नी नियन्त्रण यन्त्र राखिनुका साथै एम्बुलेन्सको व्यवस्था रहने आयोजकले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।