ट्रेन्डीङ्ग

गरिमा विकास बैंकको अध्यक्षमा श्याम बस्याल निर्वाचित

माघ ३० स्याङ्जा।
गरिमा विकास बैंकको १४ औं बार्षिक साधारण सभाले श्याम प्रसाद बस्यालको अध्यक्ष नयाँ संचालक समिति चयन भएको छ । पोखरामा शुक्रबार सम्पन्न भएको उक्त साधारण सभाले आगामी ४ बर्षीय कार्यकालको लागि बस्याल सहित ६ सदस्य संचालक समितिमा चयन गराएको हो ।

अन्य संचालक समितिको सदस्यहरुमा संस्थापक तर्फबाट डा.आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ र सर्वसाधारण तर्फको शेयर सदस्यबाट संजिव ढकाल,सरस्वती पाठक र विमल पाण्डे चयन भएका हुन्।

निवर्तमान अध्यक्षमा चन्द्रकान्त बराल रहेका छन्।
संस्थाको ५४ अर्ब ५१ करोड निक्षेप रहेको छ भने ४६ अर्ब ८५ करोड कर्जा (लगानी) भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । संस्थाको हालसम्म १ सय ६ शाखामा ९ सय ६ जना कर्मचारी रहेको बैंकले जनाएको छ । उक्त साधारण सभाले १३.५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैया चुक्ता पुंजि रहेको छ जसमध्य १३.५ प्रतिशतको ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैया बोनश शेयर जारी गर्ने भएको हो । संस्थाले करिब ०.७१ प्रतिशतले हुन आउने २ करोड ३० लाख ११ हजार ७ सय ४० रुपैया नगद लाभांश वितरण गर्नै प्रस्ताव समेत पारित गरेको अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

संस्थाले यस बर्ष पनि उत्कृष्ट शाखा सम्मानबाट नगद सहित यस बर्ष पनि सम्मान गरेको अध्यक्ष बरालले बताए । उनका अनुसार चितवनको मिलनचोक शाखा प्रथम, कास्की पोखरा हेमजाको शाखा दोश्रो र काठमाण्डौंको लाजिम्पाट शाखा तेश्रो भएको छ । प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ४० हजार र तेश्रो हुनेलाई ३० हजारको साथमा पं्रशम्सा पत्रले शाखा प्रमुख सहितको टिमलाई सम्मान गरिएको थियो ।

संस्थाको सञ्चित मुनाफा ताथ जडेगा कोषमा चालु आर्थिक बर्षमा ६३ करोड ७५ लाख १० हजार ४ सय ६४ रुपैया रहेको छ भने यस बर्ष अघिल्लो बर्ष को तुलनामा २३.१५ प्रतिशतले बृद्धि भएको संस्थाले जनाएको छ । संस्थाले आर्थिक बर्ष २०७६/०७७ मा ८१ करोड २७ लाख ५० हजार ९ सय ७८ रुपैया संचालन मुनाफा गर्न सफल भएको छ । कोरोनाले गर्दा यो अघिल्लो बषको तुलानमा ६ प्रतिशतले घट्न गएको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । संस्थाको खुद मुनाफा भने चालु आर्थिक बर्षमा कोरोनाले गर्दा अघिल्लो बर्षको तुलनामा २.८९ प्रतिशतले घट्न गई हाल ५७ करोड ७२ लाख ५५ हजार ७ सय ६९ रुपैया आर्जन गर्न सफल भएको सिईओ ढकालले जनाए ।

संस्थाको निष्क्रिय कर्जा अनुपात पनि कोरोनाले गर्दा केही प्रभावित भएको छ । २०७५/०७६ मा ०.२० प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यस बर्ष भने ०.८७ प्रतिशतले बढ्न गएको उनले जनाए । संस्थाले जोखिमलाई न्यूनिकरण गर्न विभिधिकरणको सिद्धान्तको आधारमा कृषि, पर्यटन, उद्योग, व्यवसाय लगायतका धेरै क्षेत्रमा लगानी गरेको कम्पनी सचिव माधवप्रसाद उपाध्यायले बताए । बैंकले एटिएम, गरिमा एस.एम.एस. बैंकिङ, स्मार्ट मोबाइल बैंकिङ, अनलाइन एकाउण्ट, इन्टरनेट बैंकिङ सेवा लगायतका सेवा संचालन गर्दै आएको कम्पनीको दाबी छ । बैंकका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुत्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल, शेयर सदस्य एवं वालिङ नगरपालिकाका मेयर दीलिप प्रताप खाँड, शेयर धनि बुद्धिसागर बराल, युक्त बहादुर सुवेदी लगायतले संस्थागत सुसासनलाई निरन्तरता दिदै खराब कर्जा घटाउन तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal