नुवाकोट।नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ।क्षेत्र नम्बर १ मा नेकपा(माओवादी केन्द्र)का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनःसिफारिस हुनुभएको छ।उहाँ बहालवाला सांसद हुनुहुन्छ।अघिल्लो निर्वाचनमा तामाङले काङ्ग्रेसका उम्मेदवार डा.रामशरण महतलाई ८ हजार ५ सय मतले पराजित गरी निर्वाचित हुनुभएको थियो।
निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रत्यक्षतर्फ सांसद तामाङलाई प्रत्यक्षतर्फ पुन: उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्रीय ईञ्चार्ज तथा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताउनुभयो।समानुपातिकतर्फ पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज बिमला सुवेदी, शिव खाती र गमला श्रेष्ठ सिफारिस हुनुभएको छ।सुवेदी २०६४ सालको निर्वाचित संविधानसभा सदस्य हुनुहुन्छ।आकांक्षी धेरै भएपछि समानुपातिक तर्फको नाममा सर्वसम्मत हुन नसकेको जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिनुभयो।
यस्तै प्रदेशसभा तर्फ माओवादीले १ (क) को प्रत्यक्षमा बाग्मती प्रदेश उपसभामुख राधिका तामाङलाई सर्वसम्मत सिफारिस गरेको छ। तामाङ २०७० को संविधानसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री हुनुहुन्छ।१ (ख) मा जिल्ला संयोजक लामिछाने सिफारिस हुनुभएको छ।१ (क) को समानुपातिकतर्फ एलिशा थापा,रत्न बिक,लालबहादुर तामाङ,कृष्णबहादुर तामाङ,प्रमोदलाल श्रेष्ठ,पदमबहाहदुर तामाङ र पार्वती पण्डितसहित ६ जना सिफारिसमा पर्नुभएको छ।१ ख को समानुपातिकतर्फ सुवास तामाङ,रामहरि श्रेष्ठलगायत ८ जनालाई सिफारिस गरिएको छ।