चैत १, काठमाडौ । नेपालेडाडा परिवार काठमाडौको अध्यक्षमा एटम विद्रोही सर्वसम्मत निर्वाचित भएका छन। बबरमहलस्थित नेपाल मेघा कलेजमा सम्पन्न सातौ साधारणसभाबाट एटम अध्यक्षमा निर्वाचित भएका हुन ।
२०६३ सालबाट स्थापित भएको नेपालेडाडा परिवार भोजपुर जिल्ला षडानन्द नगरपालिका एक नेपालेडाडाबाट काठमाडौ आई कर्मभुमी बनाउनेहरुको एक साझा सस्था हो। सस्थाले बर्षेनी काठमाडौ र नेपालेडाडामा विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ।
विगत देखि अहिले सम्म परिवारले आफुलाई एक सामजिक सस्थाको रुपमा चिनाउदै सबैसग हातेमालो गर्दै रचनात्मक तरिकाले अगाडि बढ्दै गरेको परिवारका सस्थापक अध्यक्ष मेघराज अधिकारीले जनाए । त्यसैगरी हिजोको दिनमा बमेसर्न मुस्किल नेपालेडाडा परिवार यतिखेर हिड्न सक्ने भएको र यो कार्यसमितीले कुद्न सक्ने बनाउने कुरामा आफू ढुक्क भएको भोजपुरे सेवा समाज काठमाडौका अध्यक्ष पासङ दोर्ची शेर्पाले बताए।
कार्यक्रममा भोजपुर जिल्ला स्थित नेपालेडाडाबाट काठमाडौ आई विभिन्न पेसा व्यावसाय गर्ने सामाजिक व्यक्तित्व , ब्यापारी , बुद्धिजीवी , राजनितीज्ञा, प्राइभेट तथा सरकारी कर्मचारी , महिला , विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
परिवारका निवर्तमान अध्यक्ष दिपेन्द न्यौपानेको अध्यक्षतामा संचालित कार्यक्रमले एटमको नेतृत्वमा १५ सदस्यीय कार्यसमिती पनि सर्वसम्मत चयन गरेको छ। जसमा अनुपम कोइराला उपाध्यक्ष , शान्ती थापा सचिव , रामसिङ राई सहसचिव, सरोज न्यौपाने कोषाध्यक्ष साथै सदस्यहरुमा कमला कार्की , बिनिता चापागाई, सुजन भण्डारी , समीक्षा राई , रोशन भण्डारी , मनोज लुइँटेल , आशिष चन्द्र न्यौपाने , देवान राई , अनिल थापा र सुदिप थापा रहेका छन।
नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष मण्डलका अध्यक्ष तथा निवर्तमान सल्लाहकार चन्द्रबिक्रम राईले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै पुर्व अध्यक्ष तथा निवर्तमान सल्लाहकार बलराम राईले सपथ गराएका थिए।