ट्रेन्डीङ्ग

चुनाव जितिन्न कि भनेर चिन्ता लिनु पर्दैन:ओलि

चैत १, काठमाडौं । अखिल नेपाल महिला संघको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्दै चुनाव जित्न गाह्रो नभएको बताएका छन ।

अहिले सत्तारुढ दलका जनप्रतिनिधिहरु मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेको ओलिले बताए ।

उनले भने, चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’,  ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीले दावी गरे । ‘एक्लाएक्लै आए त कर्‍याक कुरुक पार्छौं,’ उनले भने, ‘सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?