काठमाडौ।योग तथा प्राकृतिक चिकित्सक संघको १२ औं साधरण सभा सप्पन्न भएको छ ।
संस्थाका केन्द्रिय अध्यक्ष डा.जनक बस्नेतको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यलय काठमाडौ बासबारिमा सम्पन्न भएको हो ।
साधारणसभा संस्थाका केन्द्रिय प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो भने वार्षिक प्रतिवेदन डा.रबिनलाल श्रेष्ठले प्रस्तुत गर्नु भयो भने आर्थिक प्रतिवेदन डा. पुकार लोहनीले प्रस्तुत गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य डा. यन्जन गैह्रेले दिनुभएको थियो, यसैगरी योग र प्राकृतिक चिकित्साको भविष्य र आवश्यकता बारे डा.हेमराज कोईररालाले मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा योग तथा प्राकृतिक चिकित्साका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।