ट्रेन्डीङ्ग

नेकपा केदार गापा र वोगटान फुडसिल गापाको संयुक्त भेला सम्पन्न



भदौ ६ डोटि ।
नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्लाको वडी केदार गाउँ पालिका र वोगटान फुडसिल गाउँ पालिकाको संयुक्त भेला अतरकाडामा सम्पन्न भएको छ ।


उक्त भेलालाई सम्बोद्धन गर्दै केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज प्रशान्तले प्रगतिशिल सरकार र जनमतसंग्रहको बारेमा जनतामाझ बृहत बहस चलाउनु पर्ने बताउनु भयो। भेलामा जिल्ला सेक्रेटरी ध्रुवले जिल्लाको निति योजनाको बारेमा छलफल तथा निर्देशन गर्नु भएको थियो।



भेलाको अध्यक्षता वोगटान फुडसिल गाउँ कमिटी इन्चार्ज धन बोहराले गरेका थिए भने प्रमुख अतिथी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज प्रशान्त थिए भने अतिथीहरु जिल्ला सेक्रेटरी ध्रुव,जिल्ला सदस्य प्रकाश थापा,कृष्ण बोहरा,प्रकाश कठायत र जिल्ला सल्लाहकार सदस्य तिलख बोहरा थिए भने कार्यक्रमको संचालन वडी केदार गाउँ कमिटी इन्चार्ज लक्ष्मण ताडीले गर्नु भएको जिल्ला सदस्य सुशील मलासिले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?