जेठ २४ परासी ।
पश्चिम नवलपरासीमा आज ७३ जना कोरोना संक्रमित निको भएका छन । कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन हजार ३ सय २८ पुगेको छ।
स्वास्थ्य कार्यलयका अनुसार जिल्लामा पीसीआर परीक्षणबाट ७ जना र एन्टिजेनबाट १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये १५ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो।यो संगै जिल्लामा कुल संक्रमितको संख्या चार हजार, ३ सय ४७ पुगेको छ ।
आज सुनवल नगरपालिकामा १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट ८ जना, रामग्राम ३ जनामा गरि २५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ७६ रहेको छ । जिल्लामा मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ ।