ट्रेन्डीङ्ग

एक आमा रुवायर हजार आमा हसाउनु छ

कविता

१)- युगको अबिराम यात्रा संगै
हर बिहानीको झिसमिसेमा
दुनियाँ ब्युझायर
युगीन क्रान्ति झंकार संगै
संसार बदल्ने साहाश गर्नु छ।
आज एक आमाको अनुहार रुवायर
भोली हजार आमाको मुहार हसाउनु छ।

२)- इच्छा, आकांक्षा अनि
मनका कयौ रहरहरु
एक पछि अर्को लिलाम गर्दै
हर चुनौती र अभाव संगै
जिवन बेतित अनि यात्रा गर्नु छ।
एउटा श्रीमतीको मुहार मुर्छित पार्दै
कयौ नारीको मुहार सिंगार्नु छ।
आज एक आमा को मुहार रुवायर
भोली हजार आमाको मुहार हसाउनु छ।

३)- घाईते,बेपत्ता अनि
सहिदका सपनाहरु
साकार पार्न आज
फेरि अर्को लाल योद्धा
क्रान्ति मोर्चामा जुटिरहे छ।
त्याग, तपस्या,समरपर्ण
अनि बलिदानको गौरवपूर्ण
रंगीलो बिरगाथा संगै
युग बदल्ने
एउटा क्रान्ति गर्नु छ।
आज एक आमाको अनुहार रुवायर
भोली हजार आमाको मुहार हसाउनु छ।

४)- बर्षौं भयो घर नगयको पनि
सायद बच्चाले मेरो अनुहार
भुली सक्यो होला
त्यहि टुहुरे पनको एउटा
बच्चा लाई साची राखी
कयौ कलिला नानी बाबुहरुको
भबिस्य निर्माण गर्ने
सपनाहरु बोकि रहेछु।
आज एक आमाको अनुहार रुवायर
भोली हजार आमाको मुहार हसाउनु छ।

५)- सामन्त, दलाल अनि
भ्रष्टहरुको लुट अन्त्य गर्न
संसदीय ब्यवस्था खारेज गर्दै
एकीकृत जनक्रान्ति मार्फत
श्रमिक तथा उत्पिडित जनताको
युगौ-युग देखि लुटिएको
मुक्ती अनि स्वतन्त्रता खोज्नु छ।
ज्युनको लागि मात्र नभई
जिवन समृद्धिका लागि
बैज्ञानिक समाजवाद ल्याउनुछ।
आज एक आमाको अनुहार रुवायर
भोली हजार आमाको मुहार हसाउनु छ।

६)- मठ, मन्दिर, मस्जिद अनि
च्रर्च गुम्बामा आश्रित
चिन्तन बदल्दै
भ्रमको जालो भित्र लपेटीयको
मानव समाजका
सबै जनको वास्तविक
खुसी ल्याउनु छ।
गाउँ, सहर सबै तिर
क्रान्ति को रातो झण्डा
फरफराउदै
नयाँ मानव दृष्टिकोण
बिस्तार गर्नु छ
आज एक आमाको अनुहार रुवायर
भोली हजार आमाको मुहार हसाउनु छ।।
– रचना प्रबिन धामी
युवा संगठन नेपाल केन्द्रीय सदस्य

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?