ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीकाे रामग्राममा सयौं गिद्ध मृत फेला

सुरेश यादव , नवलपरासी बैशाख ८ ।
नवलपरासिको रामग्राम नगरपालिका ४ को जीतपुर स्थित १०० को संख्यामा गिद्ध मरेको फेला परेका छ्न

विश्वबाट लोपको अवस्थामा रहेको गिद्ध प्रजाती प्रकृतिको कुचिकार भनेर चिनिन्छ । विगतमा मानिसहरूले घरमा पाल्दै आएका घरपालुवा जनावरको विविध कारणले मृत्यु भएपछि सिनो कुनै खुला चौर अथवा बस्तीबाट टाढा रहेको खोला किनारमा फाल्ने चलन हुँदा गिद्धहरु सिनो खानको लागि देखा परिरहन्थे तर आधुनिकता सँगै पशु चौपायमा बेला बेलामा देखा पर्ने विभिन्न किसिमका रोगका कारण मार्ने चौपायालाई खुल्ला चौरमा फाल्नुको सट्टा माटोमा गाड्ने चलन आएपछि गिद्ध देखा पर्न छोडेको बुझिन्छ ।

गिद्धलाई यतिबेला संरक्षणको सूचीमा सरकारले राखेको अवस्था रहेको वर्तमान समयमा पश्चिम नवलपरासिको रामग्राम नगरपालिका ४ को जीतपुर स्थित १०० को संख्यामा गिद्ध मरेको फेला पर्नु चिन्ताको विषय मात्र नभई स्थानिय प्रशासनले घटनाको अनुसन्धान प्रती ध्यान दिन जरुरी देखिन्छ ।

घटना प्रकृति हेर्दा सिनोमा विषादी मिसाएर फालेको अवस्थामा गिद्धले उक्त सिनो खाँदा अकालमा ज्यान गुमाउन पुगेको गिद्धको वास्तविक अवस्था प्रति तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?