![](http://safalpost.com/wp-content/uploads/2025/02/1d3639f4-ae73-4020-be96-5b78e4274d72.jpeg)
परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१०, परासीमा रहेको बरुण बेभरेज (नेपाल) प्रा. लि. ले २ मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ। ११ करोड रुपैयाँ लागतमा स्थापना भएको सौर्य ऊर्जालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सो परियोजनाको औपचारिक उद्घाटन गरेका छन।
उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले नवीकरणीय ऊर्जा प्रवर्द्धन र आत्मनिर्भर औद्योगिक विकास सरकारको प्राथमिकतामा रहेको बताए। साथै, बरुण बेभरेजले नेपालमा बाह्य लगानीलाई प्रोत्साहन गर्दै महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ऐनहरू सुधार गर्दै आन्तरिक लगानी प्रवर्धन तथा बाह्य लगानी आकर्षणका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री भण्डारीले बताए।
उद्योगलाई पूर्ण रूपमा हरित ऊर्जा मैत्री बनाउने उद्देश्य रहेको उद्योग स्रोतले जनाएको छ।
११ करोड रुपैयाँ लागतमा स्थापना भएको उद्योगले सौर्य ऊर्जाले उद्योग संचालनमा ३० प्रतिशत हिस्सा ओगट्ने गरि सञ्चालन ल्याइएको उद्योगका जरर्नल मेनेजर मुकेश कुमारले बताए।
७ वर्षदेखि सञ्चालनमा रहेको यो उद्योग १७ विघा क्षेत्रफलमा फैलिएको छ।