ट्रेन्डीङ्ग

जेनिथ निलो सेमिफाइनलमा प्रवेश

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी जेनिथ युवा कपको पहिलो क्वार्टरफाइनल खेलमा जेनिथ निलोले सिभपुर एफसीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

खेलको २०औं मिनेटमा निशान्त न्यौपानेले जेनिथ निलोलाई अग्रता दिलाए। तर सिभपुर एफसी रुपन्देहीले ३२औं मिनेटमा बराबरी गोल फर्कायो।खेलको ४२औं मिनेटमा सुजित बुढाथोकीले निर्णायक गोल गर्दै जेनिथलाई जित दिलाए।

आजको खेलमा जेनिथ युवा क्लब(निलो) का निशान्त न्यौपाने म्यान अफ द म्याच घोषित भए।

दोस्रो क्वार्टरफाइनल खेल भोलि सनराइज बडेरा र सम्झना युवा क्लब हर्दिया बीच हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?