ट्रेन्डीङ्ग

शिक्षालाई सीप र प्रविधिसँग जोड्न आवश्यक

सुनवल।निजी विद्यालयले शिक्षालाई सीप र प्रविधिसँग जोड्ने आवश्यकता रहेकोमा शैक्षिक सरोकारवालाहरूले जोड दिए।प्याब्सन नवलपरासीको ३४ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले प्रविधिमैत्री शिक्षा आवश्यक रहेको धारणा राखेका हुन।

प्याब्सन नेपालका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी शैक्षिक संस्थाबाट उत्पादित विद्यार्थीहरूले देश र विदेशमा राम्रो परिणाम ल्याएको र राज्यलाई आर्थिक योगदान गरेको बताए।

प्याब्सन नेपालका सचिव सुवर्ण न्यौपानेले शिक्षालाई सीपसँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउँदै निजी शैक्षिक संस्थाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राखे। अर्का सचिव यादव गिरीले शिक्षा ऐन, शुल्क निर्धारण र शिक्षण शैलीमा सुधारको आवश्यकता औंल्याए।

प्याब्सनका पुर्व सल्लाहकार सुमनगोपाल आचार्यले प्याब्सनलाई निजी शैक्षिक संस्थाको हितमा मात्र केन्द्रित हुनुपर्ने सुझाव दिए। अन्य वक्ताहरूले निजी शैक्षिक संस्थाहरूबीच एकता कायम गर्दै राज्यले योगदानको उचित मूल्यांकन गर्नुपर्ने बताए।

लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, केन्द्रीय सदस्य टिकाराम न्यौपाने र प्याब्सन नवलपरासीका सल्लाहकार इन्द्रबहादुर गुरुङले निजी शैक्षिक संस्थाहरूमा एकता आवश्यक रहेकोमा जोड दिएका छन्।उनीहरूले केन्द्रदेखि स्थानीय तहसम्म एकमत भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्याब्सनले गरेको योगदानको राज्यद्वारा उचित मूल्यांकन नभएको धारणा राखे।

प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यज्ञप्रसाद न्यौपानेले गरे।वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङले स्वागत मन्तव्य दिएका कार्यक्रममा संस्थामा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?