सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थित बडेरा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा पुनः मदन पन्त निर्वाचित भएका छन।समितिको ५औं अधिवेशनले पन्तको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा प्रेमबहादुर थापा, मोहर चौधरी र तिलक पौड्याललाई सर्वसम्मत चयन गरेको छ।त्यस्तै सचिवमा देवकला खनाल,कोषाध्यक्षमा ग्रिस गुप्ता र सहसचिवमा साहारा धरिकार चयन गरिएको नवनिर्वाचित अध्यक्ष पन्तले जानकारी दिए।
मोतिप्रसाद तिवारी(रुद्र) संयोजकत्वमा ३ सदस्यीय लेखा समितिमा चयन भएका छन। जसको सदस्यमा उमा बगाले र कृष्ण ढकाल चयन भएका हुन।
गत शनिबार पुस ६ गते १५औं साधारणसभा तथा ५ औ अधिवेशनले आकाक्षी धेरै भएकाले नया कार्यसमिति टुंगो लाग्न सकेको थिएन।