ट्रेन्डीङ्ग

लक्ष्मी स्टील्समा क्रेनले च्याप्दा एक कामदारको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-७ लक्ष्मी स्टील्समा रड लोड गर्ने क्रेनले च्यापेर एकजनाको मृत्यु भएको छ।

कम्पनीमा काम गर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ५ निवासी २२ बर्षिय सुरेश चौधरीको क्रेनले च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यलय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए।

कम्पनीमा रड रोड गर्ने क्रममा खुट्टा चिप्लिन पुग्दा नजिकै रहेको क्रेनले च्यापेपछि चौधरी घाईते भएका थिए । उपचारको लागि देवदह मेडिकल कलेज भलुही ल्याईएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन।

चौधरी विगत पाँच महिनादेखि लक्ष्मी स्टील्समा लेबरको रूपमा कार्यरत रहेको कम्पनीका जनरल म्यानेजर दामोदर पौडेल बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?