ट्रेन्डीङ्ग

सरावलमा श्रम स्वीकृति सेवाका लागि अभिमुखीकरण

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति सम्बन्धि जनचेतना अभिमुखीकरण गरिएको छ। गाउँपालिकाभित्र रहेका वैदेशिक रोजगारमा जाने र फर्किएका व्यक्तिहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

अभिमुखीकरणका कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले विगत एक वर्षमा गाउँपालिकाबाट करिब ३०० जनालाई श्रमस्वीकृति प्रदान गरिएको बताए।वैदेशिक रोजगार बोर्डको सचिवालयबाट उपलब्ध गराइने कल्याणकारी सेवाहरू तथा वैदेशिक रोजगारसँग सम्बन्धित अन्य सेवाहरू गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत सहज रूपमा प्रदान भइरहेको अध्यक्षले चौधरीले जानकारी दिए।

कार्यक्रममा सहभागीलाई प्रशिक्षण गराउदै श्रम तथा रोजगार कार्यालय बुटवल शाखा अधिकृत केशवराज भट्टराईले स्थानीय तहबाटै वैदेशिक रोजगारीका प्रक्रियालाई अझ सरल सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने बताए।गाउँपालिकाले वैदेशिक रोजगार सम्बन्धी जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको प्रशंसा गर्दै थप सहयोग,सहजिकरण र सहकार्यको आवश्यकता रहेको धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगार सम्बन्धी सहजीकरणका प्रयासहरूको प्रशंसा गर्दै स्थानीय तहबाट थप सुविधा र सेवाहरू उपलब्ध गराउन सुझाव तथा अपेक्षा व्यक्त गरेका थिए।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन,वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,शाखा प्रमुख कर्मचारीहरु,वैदेशिक रोजगारीमा जाने र गएर फर्किएका व्यक्तिहरु लागयत सरोकारवालाहरुको सहभागिता रहेको रोजगार शाखा प्रमुख नेत्र भण्डारीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?