ट्रेन्डीङ्ग

रामग्रामको पण्डितपुरमा वुद्धकालिन शहरको संरचना फेला

परासी।पश्चिम नवलपरासीको रामग्राम १८ मा रहेको एतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा गरिएको उत्खनन्का क्रममा वुद्धकालिन शहरको संरचना भेटिएको छ।यसअघि गरिएका अध्ययनलाई पुष्टि गर्ने गरी वुद्धकालिन शहरको संरचना सहित विभिन्न सामाग्री पनि भेटिएका छन।

कोलिय गणराज्यको महत्वपुर्ण शहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले तिन हप्तासम्म गरेको उत्खननले महत्वपुर्ण प्रमाण सहितका संरचना भेटिएका हुन।यसअघि भएको जियोफिजिक्स सर्भे (भु-भौतिक अध्ययन) का क्रममा देखिएको वुद्धकालिन शहरको संरचना उत्खनन्को क्रममा फेला परेको छ।

पुरातत्व विभाग र त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले चार स्थानमा गरेको उत्खनन्का क्रममा पर्खालको संरचना सहित विभिन्न प्रकारका प्राचिन भाडाकुडा, जनावरका मुर्ति, गरगहना लगायतका पुरातात्वि समाग्री फेला परेको पुरातत्वविद भाष्कर ज्ञवालीले जानकारी दिनुभयो।

ति सामाग्रीको थप अध्ययन गरेर धेरै कुरा थाहा हुने उहाँको भनाई छ।पण्डितपुरमा उत्खनन टोलीले एक ठाँउमा तिन मिटर गहिरो खाडल खनेर सो क्षेत्रको प्राचिन सांस्कृतीक अवस्थाको विषयमा पनि अध्ययन गरेको छ।वुद्धकालदेखि मुस्लिम बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको ज्ञवालीले बताउनुभयो।यसअघि बेलायतमा गरिएको अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संचरना ईसापुर्व छैटौं शताब्दिका भएको पुष्टि भईसकेको छ।

विश्वसम्पदा सुचिमा सुचिकरणको तयारीमा रहेको कपिलवस्तुको तिलौराकोटसंग मिल्दोजुल्दो मितिका संरचना पण्डितपुरमा भेटिएको पुरातत्व विभागले जनाएको छ।

झन्डै ६२ विगाहा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलियगणराज्यको राजधानीको रुपमा दाबि गरिदै आएको छ।उक्त स्थलको संरक्षणका लागी स्थानिय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताउनुभयो।

बजेट विनियोजन भएको छ तर खर्च कसरी गर्ने भन्ने अन्यौल छ, यादवले भन्नुभयो।पुरातात्विक क्षेत्र भएकाले सो क्षेत्रको संरक्षणका लागी तारबार गर्ने योजना बनाएको उहाँले बताउनुभयो।पण्डितपुरमा गरिएको उत्खननका क्रममा जमिनको सतहबाट १० सेन्टिमिटरमै पुरातात्वि संरचना फेला परेका छन।

सामान्य खनजोतका क्रममा पनि पुरातात्विक सामग्री भेटिने पण्डितपुर संवेदनशिल पुरातात्विक क्षेत्रको रुपमा रहेको छ।केहि सार्वजनिक र धेरै निजि स्वामित्वको जग्गा रहेको पण्डितपुरलाई संरक्षण गर्न भौतिक संरचना निर्माण तत्काल रोक्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?