ट्रेन्डीङ्ग

जगन्नाथ मावि शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीमा अवस्थित जगन्नाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा हुमनाथ न्यौपाने(सागर) चयन भएका छन।

बुधबार विद्यालयमा भएको भेलाले न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो।

संघको सदस्यहरुमा क्रमश: रमा न्यौपाने, कृष्णा भण्डारी, नरेन्द्रप्रसाद चौधरी, कृष्णबहादुर क्षेत्री, रुपा थापा, तिलक भट्टराई र सिता लामिछाने चयन भएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर राहादीले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?