सुनवल।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आज मंगलबार सम्पन्न भएको छ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथि नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नगरपालिकाको हकमा गर्नुपर्ने कार्य स्थानीय बासिन्दाको सहयोगमा भएकोमा धन्यवाद व्यक्त गर्दै हरेक क्षेत्रमा आगामी दिनमा यस्ता धार्मिक कार्यहरूको साथमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए।
प्रमुख यादवले समग्र सुनवलको विकासका लागि भौतिक पूर्वाधार र आधुनिकता मात्र होइन,धार्मिक सहिष्णुता र सामाजिक सद्भावनामा जोड दिएका थिए।
महायज्ञ संचालन सल्लाहकार समिति संयोजक थानप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनवल नगरपालिकाको नगरप्रमुख बिमला अर्याल,सुनवल नगरपालिकाको वडा ६ का अध्यक्ष हेमलाल शर्मा(चापागाईं),मोहन कार्की लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा दैनिक लाख लक्ष्यबत्ति बालिएको थियो भने सुरुवातदेखि समापनसम्म गरि करिब २२ लाख बत्ति बालिएको यज्ञ आयोजक समिति प्रवक्ता सोमप्रसाद पौडेलले जानकारी बताए।
दैनिक विभिन्न कार्यक्रम सहित तुलादान,ब्रतबन्धको साथै यज्ञ सफल बनाउन सहयोग गर्ने दाताहरुलाई सम्मान प्रदान गरिएको बिष्णु पाण्डेयले जानकारी दिए।