परासी।संविधान सभा सदस्य एवम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सहकारी पीडितको पैसा फिर्तालाई राज्यले प्रमुख एजेन्डा बनाउनु पर्ने बताए।
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको ३२ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै खनालले सहकारीमा सदस्यहरुले बचत र शेयरको रुपमा राखेको पैसाको ग्यारेन्टी राज्यले लिनु पर्ने धारणा राखेका हुन।
अहिले सहकारी ठगका रुपमा केहि राजनीति गर्नेहरुको नाम आएको तर्फ इकित गर्दै खनालले राज्य यो त्यो नभनी छानबिन गर्नु पर्नेमा जोड दिदै खनालले दोषी देखिएमा कानुनी कार्वाही गर्दै उनिहरुको सम्पतिबाट असुल उपर गरि सहकारीको रकम उठाउनु धारणा राखेका थिए।अहिले सहकारीमा ऋण लिने बित्तिकै ठग भन्ने भास्य निर्माण भएको उल्लेख गर्दै खनालले सहकारीमा नियम अनुसार शेयर सदस्य बन्ने, नियम अनुसार कर्जा लिने र कर्जाको सदुपयोग गरी कर्जाको सावा भुक्तानी गर्नेले नै सहकारीमा ठुलो योगदान गर्ने शेयर सदस्य भएको खनालको भनाइ छ ।
सहकारी क्षेत्रप्रति आम धारणा सुधार्न र यसको विश्वसनीयता कायम गर्न नियमको पालना र सुदृढ व्यवस्थापन अपरिहार्य रहेको खनालले बताए।
सभामा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले निति र बिधिमा नचलेका सहकारीहरुमा समस्या आएको बताउनु भएको छ।”अहिले सहकारी निति विधि र प्रबिधिले चल्नु पर्छ।निति र बिधिमा चलिरहेका सहकारीहरु राम्रोसङ्ग चलिरहेको छन।केहि सहकारीहरु नीति बाहिर चलेको र अहिले तिनिहरुमा समस्या देखिएको छ।” श्रेष्ठले भने। श्रेष्ठले सहकारीले ग्रामीण क्षेत्रको आर्थिक बिकासमा ठूलो योगदान गरेको उल्लेख गरे।कतिपयहरुको समस्याका कारण समग्र सहकारी क्षेत्रमा समस्या देखाइनु गलत हुने श्रेष्ठको भनाइ छ । नगरले २ लाख रुपैयासम्म युवालाई बिना धित्तो कर्जा दिने र उत्पादनमा जोड्ने योजना रहेको श्रेष्ठको भनाइ छ ।
बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईं, पुर्व अध्यक्ष बालाकृष्ण लम्साल, निर्वतमान सञ्चालक बालिन्द्र बिक्रम शाहीले बोल्दै जनकल्याण साकोसको बित्तीय अवस्था हेर्दा सस्था बलियो रहेको उल्लेख गर्दै सस्थाले शेयर सदस्य केन्द्रिय सेवा र कर्जा लगानी गर्दा उत्पादनशिल क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राखेका थिए।
भटौलिया सेवा केन्द्रबाट सञ्चालन समिति सदस्यमा खाली भएकोमा निर्वाचन प्रक्रियाबाट बिनिराम पराजुली निर्बिरोधन निर्वाचित हुनुभएको निर्वाचन समिति सयोजक बद्रीप्रसाद सुबेदीले जानकारी दिए।
सभामा शेयर सदस्यहरु कमला जिसि, शिवाकुमारी भट्टराई, मनमाया चौधरी, लक्षमण कुमार पाण्डे, गिरीराज पाण्डेलगायतले बोल्दै दोहोरो सदस्यता, मृत्यु राहत कोष, सहकारी सम्बन्धि तालिम दिने, शेयर लाभन्स, कर्जा सुरक्षण कोष र सहकारीको सुरक्षा, नेतृत्व बिकास, मोबाइल एप्स लगायतका बारेमा जिज्ञासा राखेका थिए ।
सभामा उत्कृष्ट शेयर खरिद कर्ता, असल ऋणी सदस्य महिला र पुरुष, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता पुरुष र महिला, त्यस्तै उत्कृष्ट शेयर सदस्य वृद्धिगर्ने प्रत्येक सेवा केन्द्रबाट ५/५ जना गरि ३० जना लाई सम्मान गरिएको छ । उत्कृष्ट सुझाब कर्ता पुर्व अध्यक्ष नहिन्द्र बहादुर क्षेत्री, वासा बसही सेवा केन्द्र अन्तरगत चन्द्रकान्त तिवारी, उत्कृष्ट कर्मचारीहरुमा गोपिगन्ज सेवा केन्द्र प्रमुख रेखा शाही र मुख्य कार्यालयमा कार्यरत राजेश चौधरी सम्मानित हुनु भएको व्यवस्थापन यमलाल खरेलले जानकारी दिए ।
सस्थाका अध्यक्ष कुलदिप आचार्यले जनकल्याण साकोस नीति र बिधिमा कहि कतै नचुकेको बताए।”हामी निति बिधीमा रहेको सदस्यहरुको हितमा काम गरिरहेका छौँ।” आचार्यले भने।
सस्थाले आगामी आर्थिक बर्षमा १० हजार शेयर सदस्य, ८० करोडको बासलात र १३ प्रतिसत लाभान्स दिने योजनाका साथ सस्था अगाडि बढेको आचार्यको भनाइ छ।
सस्था सचिब चेत नारायण भण्डारीले प्रस्तुत गरेको सचिबको प्रतिबेदन सस्थाले गत आर्थिक बर्षमा गरेका निर्णय र कार्य गर्ने उल्लेख गरेका छन । साथै उनले आगामी चालू आर्थिक बर्षको लागी सस्थाले लिएका निति तथा कार्यक्रमहरु समेत सभामा पेस गरेका छन। त्यस्तै सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले शेयर रकम करिब ९ प्रतिशतले वृद्धि, कुल कारोबारमा करिब १७ प्रतिशतले वृद्धि, कुल बचतमा करिब २० प्रतिशतले वृद्धि भएको जानकारी दिए।सस्थाले गत आर्थिक बर्षमा १ करोड ५६ लाख ३२ हजार नाफा कमाएको उल्लेख गर्दै अधिकारीले यस बर्ष ११ प्रतिसत शेयर लाभांश बितरण गरिने उल्लेख गरे।
बर्दघाट,भटौलिया,गोपिगन्ज र बासाबसही गरि ४ वटा सेवा केन्द्रबाट १०/१० जनाका दरले प्रतिनिधि बनाइ सास्थाको मुख्य कार्यालयमा प्रतिनिधि मुलक साधारण सभा गरिएको सस्थाका सुचना अधिकारी बिमलचन्द्र घिमिरेले जानकारी दिए।३२औं बार्षिक साधारण सभामा सचिब चेतनारायण भण्डारीको बार्षिक प्रगती प्रतिबेदन,कोषाध्यक्ष बामदेव अधिकारीले आर्थिक प्रतिबेदन,लेखा सुपरिवेक्षण समिती संयोजक बिनोद खनालले प्रस्तुत गरेको प्रतिबेदन,गत आर्थिक बर्षको लेखा परिक्षण प्रतिबेदन सर्वसम्मत पारित भएको घिमिरेले बताए।
कार्यक्रममा सस्थाकी उपाध्यक्ष सम्झना शर्मा स्वागत, सचिब चेतनारायण भण्डारी सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष कुलदिप आचार्यको रहेको थियो।